Pairabi logo

पुस २८, २०८२, सोमबार                    

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

डेक्स

डेक्स

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल ,चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरीएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी ,चरीचरण ,फोहोर मैलाको व्यवस्थापन,वन पैदावर र आयआर्जन लगायतका विषयमा सामूदायीक वनका उपभोक्ताहरु सबैजना सचेत नहुँदा सोचे अनुरुप उपलब्धी हासिल हुन नसकेको बताएका हुन । 

डिभिजन वन कार्यालय बाँकेको वन ,वन्यजन्तु,जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्र्तगत गरीएको कार्यक्रममा सामुदायीक वनका पदाधीकारी र सरोकारवालाहरुबीच सवाल जवाफ गरीएको थियो ।

कार्यक्रममा सिर्जना सामूदायीक वनका अध्यक्ष सूमन पौडलले सामूदायीक वनले पर्याटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई बलियो बनाउनुपर्ने बताउनुभयो । यस्तै अर्का सहभागी आरती सामूदायीक वनका उपाध्यक्ष मुक्ति प्रसाद थारुले वनमा हुने चरिचरण रोक्न नसकिएको गुनासो गर्नुभयो ।

साथै उहाँले वनपैदावर व्यवस्थापनमा पनि चुनौती थपिएको भन्दै समाधानका लागि सरोकारवालाहरु समक्ष प्रश्न गर्नुभयो । यस्तै अन्य सहभागीहरुले वनलाई दिइने अनुदान कार्यक्रम ,पर्याटनको सवालमा सामूदायीक वनले पाउने सहयोग ,उपभोक्ता शिक्षा र वनको आयआर्जनको सवालमा जिज्ञाशा राखेका थिए । 

कार्यक्रममा सहभागीहरुका सवाललाई सम्बोधन गर्दे डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत बाबूराम पोख्रेलले वन ब्यवस्थापन अन्र्तगत काठ दाउरा उत्पादन ,ढलापडा काठ संकलन ,झाडी ब्यबस्थापन र बन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरु र तालिमहरु संचालन गरी दिगो वन ब्यवस्थापन गर्ने काममा सहजीकरण गरीरहेको र आगामी दिनमा सामूदायीक वनको आवश्यकताका आधारमा कार्यक्रम गर्ने बताउनुभयो ।

यस्तै अर्का सरोकारवाला कोहलपुर सब डिभिजन वन कार्यालय ,कोहलपुर बाँकेका प्रमुख प्रभात दाहालले वनमा हुने चोरी तस्करी रोक्नका लागी अनुगमन गर्ने काम गरीरहेको बताउनुभयो । सामुदायीक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष साबित्रा पुनले सामूदायीक वनले समूदायको विकासमा खेलेको भूमिकालाई अझै रचनात्मक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि समन्वयात्मक भूमिकामा जोड दिनुभयो ।

कोहलपुर नगरपालिकाका वडा नम्बर १२ का वडासदस्य मनिसरा श्रेष्ठले सामूदायीक वनको दिगो ब्यबस्थापनका लागि पहल थाल्ने बताउनुभयो। यस्तै सरोकारवाला सामुदायीक वन उपभोक्ता महासंघ नगर कमिटी कोहलपुरका अध्यक्ष किष्ण रानाले वन ,वन्यजन्तु र जैविक विविधता कायम राख्नका लागी सामूदायीक वनहरुले बार्षीक कार्ययोजना निर्माणकै बेला विशेष ध्यान दिनुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा सरोकारवाला निकायका ब्यक्तिहरु , संचारकर्मी र विभिन्न सामूदायीक वनका पदाधिकारी गरी ३१ जनाको सहभागीता रहको थियो । कार्यक्रमको सहजीकरण कृष्णसारकर्मी साबित्री गिरीले गर्नुभएको थियो भने कार्यक्रममा समन्व बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सृजना सामूदायीक वनले गरेको थियो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…