Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

डेक्स

डेक्स

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल ,चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरीएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी ,चरीचरण ,फोहोर मैलाको व्यवस्थापन,वन पैदावर र आयआर्जन लगायतका विषयमा सामूदायीक वनका उपभोक्ताहरु सबैजना सचेत नहुँदा सोचे अनुरुप उपलब्धी हासिल हुन नसकेको बताएका हुन । 

डिभिजन वन कार्यालय बाँकेको वन ,वन्यजन्तु,जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्र्तगत गरीएको कार्यक्रममा सामुदायीक वनका पदाधीकारी र सरोकारवालाहरुबीच सवाल जवाफ गरीएको थियो ।

कार्यक्रममा सिर्जना सामूदायीक वनका अध्यक्ष सूमन पौडलले सामूदायीक वनले पर्याटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई बलियो बनाउनुपर्ने बताउनुभयो । यस्तै अर्का सहभागी आरती सामूदायीक वनका उपाध्यक्ष मुक्ति प्रसाद थारुले वनमा हुने चरिचरण रोक्न नसकिएको गुनासो गर्नुभयो ।

साथै उहाँले वनपैदावर व्यवस्थापनमा पनि चुनौती थपिएको भन्दै समाधानका लागि सरोकारवालाहरु समक्ष प्रश्न गर्नुभयो । यस्तै अन्य सहभागीहरुले वनलाई दिइने अनुदान कार्यक्रम ,पर्याटनको सवालमा सामूदायीक वनले पाउने सहयोग ,उपभोक्ता शिक्षा र वनको आयआर्जनको सवालमा जिज्ञाशा राखेका थिए । 

कार्यक्रममा सहभागीहरुका सवाललाई सम्बोधन गर्दे डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत बाबूराम पोख्रेलले वन ब्यवस्थापन अन्र्तगत काठ दाउरा उत्पादन ,ढलापडा काठ संकलन ,झाडी ब्यबस्थापन र बन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरु र तालिमहरु संचालन गरी दिगो वन ब्यवस्थापन गर्ने काममा सहजीकरण गरीरहेको र आगामी दिनमा सामूदायीक वनको आवश्यकताका आधारमा कार्यक्रम गर्ने बताउनुभयो ।

यस्तै अर्का सरोकारवाला कोहलपुर सब डिभिजन वन कार्यालय ,कोहलपुर बाँकेका प्रमुख प्रभात दाहालले वनमा हुने चोरी तस्करी रोक्नका लागी अनुगमन गर्ने काम गरीरहेको बताउनुभयो । सामुदायीक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष साबित्रा पुनले सामूदायीक वनले समूदायको विकासमा खेलेको भूमिकालाई अझै रचनात्मक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि समन्वयात्मक भूमिकामा जोड दिनुभयो ।

कोहलपुर नगरपालिकाका वडा नम्बर १२ का वडासदस्य मनिसरा श्रेष्ठले सामूदायीक वनको दिगो ब्यबस्थापनका लागि पहल थाल्ने बताउनुभयो। यस्तै सरोकारवाला सामुदायीक वन उपभोक्ता महासंघ नगर कमिटी कोहलपुरका अध्यक्ष किष्ण रानाले वन ,वन्यजन्तु र जैविक विविधता कायम राख्नका लागी सामूदायीक वनहरुले बार्षीक कार्ययोजना निर्माणकै बेला विशेष ध्यान दिनुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा सरोकारवाला निकायका ब्यक्तिहरु , संचारकर्मी र विभिन्न सामूदायीक वनका पदाधिकारी गरी ३१ जनाको सहभागीता रहको थियो । कार्यक्रमको सहजीकरण कृष्णसारकर्मी साबित्री गिरीले गर्नुभएको थियो भने कार्यक्रममा समन्व बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सृजना सामूदायीक वनले गरेको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…