Pairabi logo

पुस २८, २०८२, सोमबार                    

बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न जोड

डेक्स

डेक्स

बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न जोड
ADVERTISEMENT

पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास हुन थालेको छ । पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब ७०० पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन् । 

गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी जम्मा ७०० को हाराहारीमा निकुञ्जभित्र प्रवेश गरेर अवलोकन गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । “निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायतका क्रियाकलापमा ५० हजार बढी पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या ७ सयको हाराहारीमा रहेको छ”, उहाँले भन्नुभयो, “सबै पर्यटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरवास ९होमस्टे० मार्फत निकुञ्जभित्र अवलोकन गरेका हुन् ।”

निकुञ्जले बाघ संरक्षणमा सफलता हासिल गरेपनि पर्यापर्यटनको विकास हुन नसकेको उहाँको भनाइ छ । मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन सक्ने व्यवस्था होमस्टे तथा होटल व्यवसायीले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटकले अवलोकन गरेका थिए । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटल व्यवसायीले प्रसस्त मात्रामा सफारी गाडीको व्यवस्था गर्नसके निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढ्ने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो । 

उहाँका अनुसार, बाँके निकुञ्जमा अहिले वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुनुका साथै बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रि«य निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् ।   विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । 

निकुञ्जमा वन्यजन्तुसँगै प्राकृतिक दृश्य हेर्न पर्यटकको सङ्ख्या बढ्दै गए पनि सन्तोषजनक अवस्था नरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था रहेको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन नागरिकस्तरबाट आफूहरु लागिपरेको उल्लेख गर्नुभयो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…