Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वन विनाश हुन लागेपछि जय हरियाली अभियन्ता पौडेलद्धारा वातावरण संरक्षणको माग

डेक्स

डेक्स

वन विनाश हुन लागेपछि जय हरियाली अभियन्ता पौडेलद्धारा वातावरण संरक्षणको माग
ADVERTISEMENT

बर्दिया ३० चैत । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिष गुप्ताले वन विनाश गर्दै कालोपत्रे सडक बनाउने तयारी भईरहेको बताउँदै जिल्ला प्रशासन कार्यालय, बर्दिया, डिभिजन वन कार्यालय, बर्दिया र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय, नेपालगंज, बाँकेलाई आवश्यक कारवाहीको माग सहित वातावरण संरक्षणका लागि ध्यानाकर्षण गराउनुभएको छ । 

जिल्लाको गुलरिया नगरपालिका वडा नं। १२ अन्तर्गत विक्री भवानी सामुदायिक वन उपभोक्ता समिति र बारबर्दिया नगरपालिका वडा नं। ११ स्थित काला बेलभार सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रूपमा वन फडानी गर्दै कालोपत्रे सडक निर्माणको तयारी भइरहेको जानकारी गराउँदै उक्त कार्यप्रति अभियन्ता पौडेल र अधिकारकर्मी गुप्ताले आपत्ति जनाउनु भएको हो ।

उहाँहरुले उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ । निवेदनमा वातावरण संरक्षण ऐन, वन ऐन र नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएको स्वच्छ वातावरणमा बाँच्ने अधिकारको उल्लंघन गर्दै वन फडानीको तयारी भइरहेको उल्लेख छ । सडक निर्माण आवश्यक भए पनि त्यसको वैज्ञानिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र कानुनी प्रक्रिया नअपनाई जंगल मास्नु गम्भीर विषय हो, मागपत्रमा भनिएको छ ।

उहाँहरुले निवेदनमा भन्नुभएको छ, यदि सम्बन्धित निकायले समयमै हस्तक्षेप नगरेमा सामुदायिक वनको संरचना, जैविक विविधता र वातावरणीय सन्तुलनमा गम्भीर असर पर्नेछ ।

निवेदकहरूले राष्ट्रिय मानवअधिकार आयोग मार्फत तत्काल सो अवैधानिक कार्य रोकी वातावरण संरक्षण सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । यदि यस विषय प्रति गम्भीर नभए आफुहरु उच्च अदालत सम्म जाने कुरा समेत उहाँहरुले प्रष्ट पार्नुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…