Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

वन विनाश हुन लागेपछि जय हरियाली अभियन्ता पौडेलद्धारा वातावरण संरक्षणको माग

डेक्स

डेक्स

वन विनाश हुन लागेपछि जय हरियाली अभियन्ता पौडेलद्धारा वातावरण संरक्षणको माग
ADVERTISEMENT

बर्दिया ३० चैत । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिष गुप्ताले वन विनाश गर्दै कालोपत्रे सडक बनाउने तयारी भईरहेको बताउँदै जिल्ला प्रशासन कार्यालय, बर्दिया, डिभिजन वन कार्यालय, बर्दिया र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय, नेपालगंज, बाँकेलाई आवश्यक कारवाहीको माग सहित वातावरण संरक्षणका लागि ध्यानाकर्षण गराउनुभएको छ । 

जिल्लाको गुलरिया नगरपालिका वडा नं। १२ अन्तर्गत विक्री भवानी सामुदायिक वन उपभोक्ता समिति र बारबर्दिया नगरपालिका वडा नं। ११ स्थित काला बेलभार सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रूपमा वन फडानी गर्दै कालोपत्रे सडक निर्माणको तयारी भइरहेको जानकारी गराउँदै उक्त कार्यप्रति अभियन्ता पौडेल र अधिकारकर्मी गुप्ताले आपत्ति जनाउनु भएको हो ।

उहाँहरुले उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ । निवेदनमा वातावरण संरक्षण ऐन, वन ऐन र नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएको स्वच्छ वातावरणमा बाँच्ने अधिकारको उल्लंघन गर्दै वन फडानीको तयारी भइरहेको उल्लेख छ । सडक निर्माण आवश्यक भए पनि त्यसको वैज्ञानिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र कानुनी प्रक्रिया नअपनाई जंगल मास्नु गम्भीर विषय हो, मागपत्रमा भनिएको छ ।

उहाँहरुले निवेदनमा भन्नुभएको छ, यदि सम्बन्धित निकायले समयमै हस्तक्षेप नगरेमा सामुदायिक वनको संरचना, जैविक विविधता र वातावरणीय सन्तुलनमा गम्भीर असर पर्नेछ ।

निवेदकहरूले राष्ट्रिय मानवअधिकार आयोग मार्फत तत्काल सो अवैधानिक कार्य रोकी वातावरण संरक्षण सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । यदि यस विषय प्रति गम्भीर नभए आफुहरु उच्च अदालत सम्म जाने कुरा समेत उहाँहरुले प्रष्ट पार्नुभयो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…