Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

कृष्णसार एफएमद्वारा रक्तदान

डेक्स

डेक्स

कृष्णसार एफएमद्वारा रक्तदान
ADVERTISEMENT

नेपालगन्ज । कृष्णसार एफएम ९४ मेगाहर्जले १६औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमममा रेडियोका कार्यकारी प्रमुख तुला अधिकारी, समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारी, सचिव साबित्री गिरी, कोषाध्यक्ष राकेशकुमार मिश्र, सदस्य योगराज चौधरीले रक्तदान गर्नुभयो । 

यस्तै रेडियोमा कार्यरत कुशल विश्वकर्मा, नेपाल स्वयंमसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्वास्थ्य इन्चार्ज भागीराम चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, नेपालगन्जका रिनु खत्री र लक्ष्य बहादुर विश्वकर्मा लगायत एक दर्जनले रक्तदान गर्नुभएको थियो । 

कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रेडियोका कार्यकारी निर्देशक तुला अधिकारीले रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गर्नुभएको थियो । कृष्णसार एफएम ९४ मेगाहर्जले १७ औं वर्ष प्रवेश गरेको अबसरमा चैत्र १४ गते शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो । 

२०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । वदलिदो प्रविधिको उपयोग गर्दै कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको कार्यकारी निर्देशक अधिकारीको भनाई छ । एफएमले हाल अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट  उत्पादन तथा प्रसारण गरिरहेको छ ।


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…