Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

अवधी पत्रकार संघ कपिलबस्तुद्धारा रक्तदान

डेक्स

डेक्स

अवधी पत्रकार संघ कपिलबस्तुद्धारा रक्तदान
ADVERTISEMENT

कपिलबस्तु, २८ फागुन । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत सङ्कलन भएको छ । ‘रक्तदान, जीवन दान’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै बुधबार रक्तदान कार्यक्रम गरिएको हो । 

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा रक्तदान कार्यक्रम गरिएको अवधी पत्रकार संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो । 

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नियमित रक्तदानले शारीरिक र मानसिक रुपमा फाइदाजनक भएको बताउनुभयो । यसले हृदयघात र हृदयघातको जोखिम कम हुने बताउँदै रगतको हेमोग्लोबिन स्तर राम्रो हुने उहाँको भनाई छ ।

रोगग्रस्त र दुर्घटनामा परेका व्यक्तिको जीवन जोगाउनका लागि यस रगतले अमुल्य योगदान पुग्ने बताउनुभयो । उहाँले अवधी पत्रकार संघले रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरि पुण्यको कार्य भन्दै प्रशंसा समेत गर्नुभयो । 

अवधी पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिउल्ला धोबीले स्वास्थ्यको दृष्टिकोणले रक्तदान महत्त्व कार्य भएको बताउनुभयो । उहाँले केहीले भ्रमका कारण रगत दान गर्न डर मान्ने गरेको जिकिर गर्दै रक्तदानले कुनै किसिमको नकारात्मक असर नगर्ने बताउनुभयो । रगतले गुम्नै लागेको ज्यान बचाइन्छ भन्दै रक्तदान अति आवश्यक भएको बताउनुभयो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…