Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु

डेक्स

डेक्स

मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु
ADVERTISEMENT

बर्दिया २५ फागुन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । 

मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सो वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । 

सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिलाहरु आफै सक्रिय भएर अगाडी आउनुपर्ने बताउनुभयो । उहाँले सानै उमेरमा बालबालिकाको बिवाह गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने समेत बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले बालविवाह गरे, गराए त्यसलाई दण्डित गर्ने कानुन निर्माण भएकाले अब अभिभावक समेत सचेत हुन जरुरी रहेको बताउनुभयो । 

त्यसैगरी सोही अवसरमा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुंग, कानुनी सल्लाहकार लक्ष्मी नेपाल, पालिकास्तरीय महिला सञ्जालका मन्जु शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम थारु तथा महिला तथा बालबालिका एकाइका प्रमुख इन्दिरा चुनारा र शोभा शर्मालगायतले बोल्दै २०८२ सालसम्ममा मधुवन नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो । 

सो अवसरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र रास्वपाका प्रतिनिधिहरु तथा बरघरले पनि आफ्नो विचार राखेका थिए । सो कार्यक्रममा गुड नेबर्स इन्टरनेशनलका क्लस्टर संयोजक अनुर चौधरी, वडा अध्यक्षहरु मिन थापास राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत, बाँके युनेस्को क्लबका  प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी र उपाध्यक्ष पञ्चम गुरुङको पनि उपस्थिति रहेको थियो । 

घोषणा समारोहमा विभिन्न समूहहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो भने कार्यक्रममा हजार बढीको सहभागीता रहेको थियो । नेपाल सरकारले सम्पूर्ण स्थानीय तहलाई बालविवाह मुक्त घोषणा गर्नका लागि आह्वान गरे अनुसार अहिले बर्दिया जिल्लामा पनि बालविवाह मुक्त वडा घोषणा भइरहेका छन् । यसै क्रममा गुलरिया नगरपालिकाका १२ वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि