Pairabi logo

असोज २८, २०८३, बुधबार                    

अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै

डेक्स

डेक्स

अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै
ADVERTISEMENT

नेपालगञ्ज , १४ फागुनः पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । 

“कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गर्न खोजिरहेका छौँ,। तर अहिले पानी कम भएको पायौँ । पानीको सतह बढेपछि सुरु हुन्छ”, राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले भन्नुभयो । उहाँले रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउँदै यसका लागि निजी क्षेत्रको लगानी आवश्यक पर्ने बताउनुभयो । 
    
उहाँका अनुसार निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको संरक्षण अधिकृत कँडेलको भनाइ छ ।

“कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन्, त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्यापर्यटनको आनन्द लिन सक्नुहुन्छ”, उहाँले भन्नुभयो । निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने न्यूनतम पूर्वाधार तयार गरे पनि निजी क्षेत्रले त्यसलाई आत्मसात् गर्न नसकेको उल्लेख गर्दै उहाँले जिप सफारी गर्न पूर्वाधार तयार भएको जानकारी दिनुभयो ।

“जिप सफारी गर्न पूर्वाधार तयार भए पनि व्यवसायीसँग जीप नभएकाले तत्काल सञ्चालनमा आएको छैन”, कँडेलले भन्नुभयो, “निकुञ्जले पूर्वाधार बनाइसकेको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्र लाग्नुपर्छ ।” उहाँका अनुसार निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारी, चुरे हाइकिङलगायत गतिविधि खुला गरिएको छ । पर्यटक हिँड्न दुई सय किलोमिटर वनपथ, वन्यजन्तु हेर्न मचान निर्माण भइसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । 

नेपालगञ्जका अगुवा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बाँके राष्ट्रिय निकुञ्ज जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको भन्दै स्थापनाको डेढ दशकसम्म पनि  पर्यटक बढ्न नसक्नु दुखद् भएको बताउनुभयो । उहाँले निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा ब्रान्डिङ गरिनुपर्नेमा जोड दिँदै अपेक्षाकृत पर्यटक आगमनले गति लिन नसक्दा निकुञ्जबाट लाभ लिने विषयमा निजी क्षेत्र अलमलमा परेका उल्लेख गर्नुभयो । 

व्यवसायी कृष्णलाल चौधरीले गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जानकारी दिँदै यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले जिल्लाका प्रत्येक होटल तथा होमस्टेमा निकुञ्जका बारेमा विस्तृत जानकारी दिनेगरी व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै यस क्षेत्रको पर्यटकीय विकासका लागि निजी क्षेत्रलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको मिश्रण पाइन्छ । आसपास निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकको प्रमुख आर्कषणकोे थलो बनेको छ । सडक तथा हवाई मार्गसँग प्रत्यक्ष जोडिएको यो निकुञ्ज २०६७ सालमा स्थापना भएको थियो । 

एघार किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु निकुञ्जमा रहेका निकुञ्ज कार्यालयले जनाएको छ । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…