Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै

डेक्स

डेक्स

अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै
ADVERTISEMENT

नेपालगञ्ज , १४ फागुनः पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । 

“कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गर्न खोजिरहेका छौँ,। तर अहिले पानी कम भएको पायौँ । पानीको सतह बढेपछि सुरु हुन्छ”, राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले भन्नुभयो । उहाँले रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउँदै यसका लागि निजी क्षेत्रको लगानी आवश्यक पर्ने बताउनुभयो । 
    
उहाँका अनुसार निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको संरक्षण अधिकृत कँडेलको भनाइ छ ।

“कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन्, त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्यापर्यटनको आनन्द लिन सक्नुहुन्छ”, उहाँले भन्नुभयो । निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने न्यूनतम पूर्वाधार तयार गरे पनि निजी क्षेत्रले त्यसलाई आत्मसात् गर्न नसकेको उल्लेख गर्दै उहाँले जिप सफारी गर्न पूर्वाधार तयार भएको जानकारी दिनुभयो ।

“जिप सफारी गर्न पूर्वाधार तयार भए पनि व्यवसायीसँग जीप नभएकाले तत्काल सञ्चालनमा आएको छैन”, कँडेलले भन्नुभयो, “निकुञ्जले पूर्वाधार बनाइसकेको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्र लाग्नुपर्छ ।” उहाँका अनुसार निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारी, चुरे हाइकिङलगायत गतिविधि खुला गरिएको छ । पर्यटक हिँड्न दुई सय किलोमिटर वनपथ, वन्यजन्तु हेर्न मचान निर्माण भइसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । 

नेपालगञ्जका अगुवा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बाँके राष्ट्रिय निकुञ्ज जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको भन्दै स्थापनाको डेढ दशकसम्म पनि  पर्यटक बढ्न नसक्नु दुखद् भएको बताउनुभयो । उहाँले निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा ब्रान्डिङ गरिनुपर्नेमा जोड दिँदै अपेक्षाकृत पर्यटक आगमनले गति लिन नसक्दा निकुञ्जबाट लाभ लिने विषयमा निजी क्षेत्र अलमलमा परेका उल्लेख गर्नुभयो । 

व्यवसायी कृष्णलाल चौधरीले गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जानकारी दिँदै यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले जिल्लाका प्रत्येक होटल तथा होमस्टेमा निकुञ्जका बारेमा विस्तृत जानकारी दिनेगरी व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै यस क्षेत्रको पर्यटकीय विकासका लागि निजी क्षेत्रलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको मिश्रण पाइन्छ । आसपास निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकको प्रमुख आर्कषणकोे थलो बनेको छ । सडक तथा हवाई मार्गसँग प्रत्यक्ष जोडिएको यो निकुञ्ज २०६७ सालमा स्थापना भएको थियो । 

एघार किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु निकुञ्जमा रहेका निकुञ्ज कार्यालयले जनाएको छ । 

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

यो पनि

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…