Pairabi logo

पुस २७, २०८२, आइतबार                    

अतिक्रमित जग्गा खाली गराउन प्रधानमन्त्रीसंग माग

डेक्स

डेक्स

अतिक्रमित जग्गा खाली गराउन प्रधानमन्त्रीसंग माग
ADVERTISEMENT

बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।

बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा ९एमाले० बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहितको टोलीले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरी तत्काल जग्गाको अतिक्रमण हटाउन ध्यानाकर्षण गराएको हो ।

कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विघा क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको जानकारी दिनुभयो । नगर प्रमुख आचार्यले भन्नुभयो, ‘‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाामन्त्रीको ध्यानाकर्षण गराएका छौं, अब सरकारी जग्गाको अतिक्रमण हट्ने आशा जगाएको छ ।’’

जिल्लास्थित सर्वदलीय बैठकले अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले टोलीले प्रधानमन्त्री समक्ष अतिक्रमण हटाउन माग गरेको हो ।  

प्रतिनिधिसभा सदस्य ढकालले भेटमा प्रधानमन्त्री ओलीले सरकारी सम्पत्तिको संरक्षणका लागि सरकार दृढ रहेको बताउँदै सङ्घीय सरकारका तर्फबाट अतिक्रमित जग्गा खाली गराउन मातहतका निकायलाई निर्देशन दिइने बताउनुभयो । ढकालले सो अवसरमा बाँकेको समग्र विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्री ओलीसमक्ष मागहरु प्रस्तुत गरिएको बताउनुभयो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…