Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

भण्डारीको नेतृत्वमा नेपाल क्षयरोग निवारण संस्था बाँकेको नयाँ कार्यसमिति चयन

डेक्स

डेक्स

भण्डारीको नेतृत्वमा नेपाल क्षयरोग निवारण संस्था बाँकेको नयाँ कार्यसमिति चयन
ADVERTISEMENT

नेपालगन्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको २८औं जिल्ला सभा तथा अधिवेशनले समाजसेवी जनकराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुणप्रताप राणाले संस्थाको विधानअनुसार दनयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको उपसभापतिमा रचना श्रेष्ठ, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सह–सचिवमा सन्ध्या शर्मा रहनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेष्ठ चयन हुनु भएको छ । अधिवेशनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यकर्मीमा सेमराज शाक्यलाई चयन गरेको छ भने पदेन सदस्यमा निर्वतमान सभापति बदरुद्दीन अन्सारीसमेत १३ सदस्यीय कार्यसमिति रहेको छ । यस्तै सल्लाहकारमा सुश्री शान्ति श्रेष्ठ, डा।ज्ञानकुमार वर्मा, डा।सुभाष योगी, सुन्दरलाल शाक्य, डा।विजय प्रधानलाई मनोनयन गरिएको छ ।

केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य डा।धवल शम्शेर राणाले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठ, संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्य, पूर्व शाखा अध्यक्षद्वय सुश्री शान्ति श्रेष्ठ, पूर्ण लाल चुकेले आआफ्नो धारणा राख्नु भएको थियो । सहसचिव रचना श्रेष्ठले सञ्चालन गरेको उक्त अधिवेशेनको उद्घाटन शत्रमा शाखा सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

दुबै प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत रुपमा पारित गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि साँसद् राणा र विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् श्रेष्ठले संस्थाका करीब एक दर्जन आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…