Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

भण्डारीको नेतृत्वमा नेपाल क्षयरोग निवारण संस्था बाँकेको नयाँ कार्यसमिति चयन

डेक्स

डेक्स

भण्डारीको नेतृत्वमा नेपाल क्षयरोग निवारण संस्था बाँकेको नयाँ कार्यसमिति चयन
ADVERTISEMENT

नेपालगन्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको २८औं जिल्ला सभा तथा अधिवेशनले समाजसेवी जनकराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुणप्रताप राणाले संस्थाको विधानअनुसार दनयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको उपसभापतिमा रचना श्रेष्ठ, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सह–सचिवमा सन्ध्या शर्मा रहनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेष्ठ चयन हुनु भएको छ । अधिवेशनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यकर्मीमा सेमराज शाक्यलाई चयन गरेको छ भने पदेन सदस्यमा निर्वतमान सभापति बदरुद्दीन अन्सारीसमेत १३ सदस्यीय कार्यसमिति रहेको छ । यस्तै सल्लाहकारमा सुश्री शान्ति श्रेष्ठ, डा।ज्ञानकुमार वर्मा, डा।सुभाष योगी, सुन्दरलाल शाक्य, डा।विजय प्रधानलाई मनोनयन गरिएको छ ।

केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य डा।धवल शम्शेर राणाले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठ, संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्य, पूर्व शाखा अध्यक्षद्वय सुश्री शान्ति श्रेष्ठ, पूर्ण लाल चुकेले आआफ्नो धारणा राख्नु भएको थियो । सहसचिव रचना श्रेष्ठले सञ्चालन गरेको उक्त अधिवेशेनको उद्घाटन शत्रमा शाखा सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

दुबै प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत रुपमा पारित गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि साँसद् राणा र विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् श्रेष्ठले संस्थाका करीब एक दर्जन आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…