Pairabi logo

असोज २४, २०८३, शनिबार                    

पृथ्वी पत्रकारिता पुरस्कार स्थापना गर्न पत्रकार पौडेलद्वारा पत्रकार महासंघ बर्दियालाई रकम हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

पृथ्वी पत्रकारिता पुरस्कार स्थापना गर्न पत्रकार पौडेलद्वारा पत्रकार महासंघ बर्दियालाई रकम हस्तान्तरण
ADVERTISEMENT

चन्द्र बिक 
बर्दिया, माघ २२ । नेपाल पत्रकार महासंघ बर्दियाद्वारा स्थापित पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोषका लागि कृषि पत्रकार तथा पृथ्वी विचारक कमल राज पौडेल देवकमलले रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार भन्ने मुल नारासहित महासंघद्वारा आयोजित नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा बर्दिया गुलरिया ७ निवासी पृथ्वी विचारक देवकमलले १ लाख १ हजार १ सय ११ रूपैयाँ रकम “पृथ्वी  पत्रकारिता पुरस्कार” अक्षयकोष स्थापनका लागि उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

वि। सं।२०६५ सालदेखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु, सरकारी गैर सरकारी संघसंस्थाहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान र गुलरियामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक निर्माणमा समेत योगदान पुर्याएकाले संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आफुलाई पृथ्वी पुरस्कारबाट सम्मान गरेको जानकारी गराउँदै उहांले बर्दियाका पत्रकारहरूको सम्मान स्वरूप रकम हस्तान्तरण गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले देशको सिमा, इतिहास र गौरब जोगाउन पत्रकारको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको हामी सबैले सम्मान गर्नुपर्ने बताउँदै उहाँको दिव्य उपदेशलाई हामी सबैले अबलम्वन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले पृथ्वी विचारक देवकमलको यस कार्य प्रति सम्मान व्यक्त गर्दै पत्रकारहरूले बिना भेदभाव तथा बिना पक्षपात न्यायका लागि कलम चलाउनुपर्ने बताउनुभयो ।

महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बर्दियाका निबर्तमान अध्यक्ष यादव आचार्य, पत्रपत्रिका संजाल बर्दियाका अध्यक्ष कृष्ण भण्डारी लगायत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

वर्दियाका संचारकर्मीहरुलाई पत्रकारिता क्षेत्रमा टिकाइ हौसला प्रदान गर्न पत्रकार महासंघ बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कारू अक्षयकोषको स्थापना गरेको छ । सम्पूर्ण जेहेन्दार तथा लगनशिल पत्रकारहरुलाई यस पुरस्कारले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

ताजा

सबै

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…