Pairabi logo

पुस २६, २०८२, शनिबार                    

पृथ्वी पत्रकारिता पुरस्कार स्थापना गर्न पत्रकार पौडेलद्वारा पत्रकार महासंघ बर्दियालाई रकम हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

पृथ्वी पत्रकारिता पुरस्कार स्थापना गर्न पत्रकार पौडेलद्वारा पत्रकार महासंघ बर्दियालाई रकम हस्तान्तरण
ADVERTISEMENT

चन्द्र बिक 
बर्दिया, माघ २२ । नेपाल पत्रकार महासंघ बर्दियाद्वारा स्थापित पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोषका लागि कृषि पत्रकार तथा पृथ्वी विचारक कमल राज पौडेल देवकमलले रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार भन्ने मुल नारासहित महासंघद्वारा आयोजित नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा बर्दिया गुलरिया ७ निवासी पृथ्वी विचारक देवकमलले १ लाख १ हजार १ सय ११ रूपैयाँ रकम “पृथ्वी  पत्रकारिता पुरस्कार” अक्षयकोष स्थापनका लागि उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

वि। सं।२०६५ सालदेखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु, सरकारी गैर सरकारी संघसंस्थाहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान र गुलरियामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक निर्माणमा समेत योगदान पुर्याएकाले संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आफुलाई पृथ्वी पुरस्कारबाट सम्मान गरेको जानकारी गराउँदै उहांले बर्दियाका पत्रकारहरूको सम्मान स्वरूप रकम हस्तान्तरण गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले देशको सिमा, इतिहास र गौरब जोगाउन पत्रकारको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको हामी सबैले सम्मान गर्नुपर्ने बताउँदै उहाँको दिव्य उपदेशलाई हामी सबैले अबलम्वन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले पृथ्वी विचारक देवकमलको यस कार्य प्रति सम्मान व्यक्त गर्दै पत्रकारहरूले बिना भेदभाव तथा बिना पक्षपात न्यायका लागि कलम चलाउनुपर्ने बताउनुभयो ।

महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बर्दियाका निबर्तमान अध्यक्ष यादव आचार्य, पत्रपत्रिका संजाल बर्दियाका अध्यक्ष कृष्ण भण्डारी लगायत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

वर्दियाका संचारकर्मीहरुलाई पत्रकारिता क्षेत्रमा टिकाइ हौसला प्रदान गर्न पत्रकार महासंघ बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कारू अक्षयकोषको स्थापना गरेको छ । सम्पूर्ण जेहेन्दार तथा लगनशिल पत्रकारहरुलाई यस पुरस्कारले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…