Pairabi logo

माघ ०६, २०८२, सोमबार                    

राप्ती सोनारीमा विपन्न लक्षित घर आवास निमार्ण शुरु

डेक्स

डेक्स

राप्ती सोनारीमा विपन्न लक्षित घर आवास निमार्ण शुरु
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) १९ माघ । बाँकेको राप्ती सोनारी गाउँपालिकाले विपन्न लक्षित घर आवास कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले अति विपन्न तथा असहायको घर निर्माण कार्यक्रमलाई अघि बढाएको हो । पालिकाले विपन्न लक्षित घर आवास कार्यक्रमलाई शुक्रबारदेखि सुरुआत गरेको छ ।

वडा नम्बर ३ र ४ मा एक कार्यक्रकाबीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले निर्माण कार्यको सिलान्यास गरि शुभारम्भ गर्नुभयो । गाउँपालिका अध्यक्ष पौडेलले वडा नम्बर ३ को महुवा र ४ को बैजापुर क्षेत्रमा घर निर्माणको शिलान्यास गर्दै पालिकाले गरिव तथा विपन्न लक्षित यो कामलाई प्राथमकिताका साथ अगाडी बढाएको बताउनुभयो । उहाँले यहाँका असहाय तथा एकदमै जर्जर अवस्थामा रहेका परिवार लक्षित यो कार्यक्रमले वास्तविक आवश्यकता भएकालाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

‘विपन्न आवास कार्यक्रमले लक्षित परिवारमा ठुलो सहयोग पुग्नेछ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘जो आर्थिकरुपले सक्षम छैन, परिवारमा कोही सहारा छैन, त्यस्ता परिवारका लागि यो कार्यक्रम लक्षित गरिएको हो ।’ वास्तविक रुपमा यस खालको सहयोग चाहिएको परिवारलाई नै यसमा सहभागि गराइएने पनि अध्यक्ष पौडेलले उद्घोष गर्नुभएको थियो ।

गाउँपालिकाले घर आवास कार्यक्रम अन्तर्गत पालिकाभरी ३१ वटा घर निर्मण गर्न लागेको छ । वडा नम्बर ३, ४, ५, ६ र ७ मा गरी निर्माण हुने ३१ घरमा २/२ वटा कोठा र एक/एक वटा शौचालय निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिनभुयो ।

गाउँपालिकाको रु १ करोड ३ लाख लागत रहेको निर्माण कार्यलाई स्वागत कन्ट्रक्सन प्रालि ठाकुरबाबाले २०८२ को जेष्ठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…