Pairabi logo

असोज ०२, २०८३, शुक्रबार                    

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थल बन्द

डेक्स

डेक्स

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थल बन्द
ADVERTISEMENT

नेपालगन्ज ८ माघ : बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा आज मंगलबार बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द रहेको छ । आज बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५० मिटर मात्र भिजिबिलिटी हुँदा नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका ट्राफिक कन्ट्रोलर रिंकी मल्लिकले बताउनुभयो । 

हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज बिहनैदेखि विमानस्थल बन्द रहेको छ । नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौं, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडानहरु हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्ज ट्राफिक कन्ट्रोलर मल्लिकले बताउनुभयो ।

उहाँका अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा यो समाचार तयार गर्दासम्म ५० मिटर मात्र भिजिबिलिटी रहेकाले विमानस्थल पुर्ण रुपमा बन्द रहेको छ । 

नेपालगन्ज विमानस्थलबाट हवाई उडान अवरुद्ध हुँदा काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु प्रतिक्षामा विमानस्थलमा बसिरहेको छन । चिसो शितलहरले यस क्षेत्रको जनजिवन प्रभावित बनेको छ । 
–––

ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

यो पनि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …