Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

बर्दियामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

डेक्स

डेक्स

बर्दियामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज, १७ पुस । पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनलसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो । 

सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहरु पनि प्राप्त गरेको बताउनुभयो । तालिममा सहभागि युवतीहरु निकै हर्षित र उत्साहित भएको जनाउँदै समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न उनिहरुले प्रतिवद्धता समेत जनाएको बताईएको छ । 

सो तालिममा राजापुर नगरपालिकाबाट २५ जना युवा महिलाको सहभागिता रहेको थियो । बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको सभापतित्वममा सम्पन्न भएको तालिमको समापन समारोहमा सहभागिहरुलाई बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, वरिष्ठ उपाध्यक्ष गुरुंग र तालिमका प्रशिक्षक दिनेश चौधरी लगायतले प्रमाणपत्र बितरण गर्नुभयो । 

सहभागीहरुको तर्फबाट बोल्दै रामकुमारी चौधरीले जीवन सीप तालिमले आफुहरुको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले धेरै उपयोगी सावित भएको बताउनुभयो । सहभागि मध्येकै एक अनिता थारुले सञ्चालन गर्नु भएका सो कार्यक्रममा बाँके युनेस्को क्लबका लजिस्टिक अफिसर शंकर सिङ्ग थारु, सहायक प्रशिक्षक अनिता विष्ट, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको पनि उपस्थिति रहेको थियो 

ताजा

सबै

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

लोकप्रिय

यो पनि

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…