Pairabi logo

पुस २१, २०८१, आइतबार                    

वन्यजन्तु पीडितलाई राहत घरदैलोमै उपलब्ध गराउनुपर्ने माग

डेक्स

डेक्स

वन्यजन्तु पीडितलाई राहत घरदैलोमै उपलब्ध गराउनुपर्ने माग
ADVERTISEMENT

बर्दिया, १६ पुस । बर्दियाको ग्रामीण क्षेत्र खासगरी अम्बरपुर जस्ता ठाउँहरूमा वन्यजन्तु र मानिसबीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा पारिरहेको छ । हात्ती, बाघ, चितुवा, र बाँदरजस्ता वन्यजन्तुहरूले खेतबारी नष्ट गर्नुका साथै घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्ने घटना बारम्बार हुँदै आएको छ ।

यस्ता घटनाले समुदायलाई आर्थिक, सामाजिक, र मानसिक रूपमा असर पु¥याइरहेको छ । स्थानीय बासिन्दा पशुपती थारु भन्छिन, “वन्यजन्तुबाट हुने क्षतिबाट पीडित परिवार पहिले नै दुखमा हुन्छन् । यस्तो बेला राहतका लागि कार्यालय धाउनुपर्दा परिवार झनै मर्कामा पर्छ । सरकारले पीडितको घरसम्मै राहत पु¥याउने व्यवस्था गर्नुपर्छ ।”

राहत प्रक्रिया लामो, जटिल, र खर्चिलो भएकोले पीडितहरू समस्यामा पर्ने गरेको समुदायका अगुवाहरूले बताएका छन् । अम्बरपुरका बडघर बालकृष्ण दहितका अनुसार, “राहत प्रक्रिया पूरा गर्ने क्रममा पीडितहरूले यति धेरै खर्च गर्नुपर्छ कि पाउनुपर्ने रकम पर्याप्त हुँदैन । यसैले धेरैजसो मानिसहरू निवेदन पेश गर्न जानै मान्दैनन् ।” उहाँले राहत प्रक्रियालाई सरल र सुलभ बनाउनु आवश्यक रहेको बताउनुभयो । 

समस्या समाधानका लागि जानकारीको अभाव पनि एउटा ठूला चुनौती हो । संगीता चौधरी, वन्यजन्तु प्रभावित स्थानीय महिला, भन्नुहुँछ, “यहाँ हात्ती, बाघ, चितुवा, बाँदरले समुदायलाई आक्रान्त पारेका छन् । तर वन्यजन्तुबाट हुने क्षतिको राहत कसरी प्राप्त गर्ने भन्ने धेरैजसो मानिसहरूलाई थाहा नै छैन ।” जानकारीको अभावले प्रभावित समुदायले राहत पाउन थप कठिनाइ झेल्नुपरेको उहाँको भनाई छ । 

विषय विज्ञ र सामाजिक अगुवाहरूका अनुसार, समस्या समाधानका लागि समुदायमा बीमा प्रणालीको विस्तार गर्न र राहत प्रक्रियाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । कार्यक्रमका सहजकर्ता मदन ज्ञवालीले भन्नुभयो, “वन्यजन्तुबाट हुने क्षतिको राहत प्रक्रियाबारे सबै प्रभावित समुदायलाई जानकारी दिन आवश्यक छ । साथै, दुर्घटना बीमासँगै घर, पशुधन, र अन्नबालीको बीमा गराउन पनि पहल गर्नुपर्छ ।”

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा आयोजना गरिएको गोल घर सम्वाद कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्वको समस्या समाधानका लागि महत्वपूर्ण विचार र सुझावहरू प्रस्तुत ग¥यो ।

सहभागीहरूको तर्फबाट उठाइएको गुनासा र सुझावलाई दस्तावेजीकृत गरी सम्बन्धित निकायहरूसम्म पुर्याइने सीसीएनले जनाएको छ । यस प्रकारका सम्वादले समुदाय र सरोकारवालाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा ३७ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ ।


 

ताजा

सबै

जोगा गाउँस्थित बाबा बलदेव दासजी मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज, २० पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाब…

डुडुवाले १५१ फिट अग्लो शिव प्रतिमा बनाउदै

डुडुवा (बाँके) २० पुस :बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका …

डुडुवामा बृहत रक्तदान हुदै

डुडुवा (बाँके), २० पुस । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत …

स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो

देव कमल पौडेल बर्दिया, २० पुस । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले कुरा …

लोकप्रिय

सबै

स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो

देव कमल पौडेल बर्दिया, २० पुस । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले कुरा …

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव

नेपालगन्ज, १८ पुस :जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोध…

डुडुवाले १५१ फिट अग्लो शिव प्रतिमा बनाउदै

डुडुवा (बाँके) २० पुस :बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका …

बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज १९ पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा…

यो पनि

वन्यजन्तु पीडितलाई राहत घरदैलोमै उपलब्ध गराउनुपर्ने माग

वन्यजन्तु पीडितलाई राहत घरदैलोमै उपलब्ध गराउनुपर्ने माग

बर्दिया, १६ पुस । बर्दियाको ग्रामीण क्षेत्र खासगरी अम्बरपुर जस्ता ठाउँहरूमा वन्यजन्तु र …

मानव अधिकार रक्षक कानुन बनाउछु : मन्त्री अग्रवाल

मानव अधिकार रक्षक कानुन बनाउछु : मन्त्री अग्रवाल

नेपालगञ्ज १४ पुस । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार…

न्यायिक निकायलाई पीडित मैत्री बनाउनुपर्नेमा जोड

न्यायिक निकायलाई पीडित मैत्री बनाउनुपर्नेमा जोड

नेपालगन्ज, १३ पुस । न्यायिक निकायलाई पिडित मैत्री बनाउन नेपालगन्जमा जोड दिइएको छ । …

कानून मन्त्रालयलाई अवधी संविधान हस्तान्तरण

कानून मन्त्रालयलाई अवधी संविधान हस्तान्तरण

काठमाण्डौ १२ पुस । स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधा…