Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

गौरव स्मृति फाउण्डेशनद्धारा रक्तदान तथा सम्मान

डेक्स

डेक्स

गौरव स्मृति फाउण्डेशनद्धारा रक्तदान तथा सम्मान
ADVERTISEMENT

नेपालगञ्ज । गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनले रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ । फउण्डेशनका संस्थापक स्वः गौरब शाहको जन्मोत्सवको अवसरमा फाउण्डेशनले रक्तदान तथा रक्तदाता सम्मान कार्यक्रम गरेको हो । 

सब भन्दा बढी १ सय ५६ पटक रक्तदान गर्ने नेपालगञ्जका गोपीनाथ बैश्य, १ सय २ पटक रक्तदान गर्नु हुने समाजसेवी शतक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार नेपालगन्जका पवन जायसवाल र बाँके/बर्दिया जिल्लामा उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवालीलाई अबीर, खादासहित सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको छ । 

फाउन्डेसनको कार्यालय बनाउन जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनकी अध्यक्ष मधु शाह, संरक्षक प्रदिप शाहले उहाँहरुलाई सम्मान गर्नुभयो । 

कार्यक्रममा नेपालगंज उप–महानगरपालिका वार्ड नं.–२ का पूर्व वडाध्यक्ष सुनिलसिंह हमाल, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्मा, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष अभय कुमार बस्नेत, नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मान बहादुर केसी निशान, कोषाध्यक्ष मनमोहन वर्मा, साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू लगायतले बोल्नुभएको थियो । 

रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेका थिए । स्वः गौरवको जन्मोत्सवको अवसरमा फाउण्डेशनले नेपालगञ्ज न्यूरोडको बागेश्वरी मन्दिरको पूर्व गेटमा बेल, निमलगायत जातको विरुवा रोपेको छ । भने साँझ दीप प्रज्वलन कार्यक्रम गरेको छ ।  


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…