Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

गौरव स्मृति फाउण्डेशनद्धारा रक्तदान तथा सम्मान

डेक्स

डेक्स

गौरव स्मृति फाउण्डेशनद्धारा रक्तदान तथा सम्मान
ADVERTISEMENT

नेपालगञ्ज । गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनले रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ । फउण्डेशनका संस्थापक स्वः गौरब शाहको जन्मोत्सवको अवसरमा फाउण्डेशनले रक्तदान तथा रक्तदाता सम्मान कार्यक्रम गरेको हो । 

सब भन्दा बढी १ सय ५६ पटक रक्तदान गर्ने नेपालगञ्जका गोपीनाथ बैश्य, १ सय २ पटक रक्तदान गर्नु हुने समाजसेवी शतक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार नेपालगन्जका पवन जायसवाल र बाँके/बर्दिया जिल्लामा उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवालीलाई अबीर, खादासहित सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको छ । 

फाउन्डेसनको कार्यालय बनाउन जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनकी अध्यक्ष मधु शाह, संरक्षक प्रदिप शाहले उहाँहरुलाई सम्मान गर्नुभयो । 

कार्यक्रममा नेपालगंज उप–महानगरपालिका वार्ड नं.–२ का पूर्व वडाध्यक्ष सुनिलसिंह हमाल, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्मा, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष अभय कुमार बस्नेत, नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मान बहादुर केसी निशान, कोषाध्यक्ष मनमोहन वर्मा, साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू लगायतले बोल्नुभएको थियो । 

रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेका थिए । स्वः गौरवको जन्मोत्सवको अवसरमा फाउण्डेशनले नेपालगञ्ज न्यूरोडको बागेश्वरी मन्दिरको पूर्व गेटमा बेल, निमलगायत जातको विरुवा रोपेको छ । भने साँझ दीप प्रज्वलन कार्यक्रम गरेको छ ।  


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…