Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

घाँस र दानामा अनुदान दिन किसानको माग

सम्वाददाता

सम्वाददाता

घाँस र दानामा अनुदान दिन किसानको माग
ADVERTISEMENT

कमलराज पौडेल 
बर्दिया १३ पुस । बर्दिया जिल्लाका अगुवा बाख्रापालक कृषकहरूले घाँस र दानामा अनुदान उपलब्ध गराउन माग गरेका छन् । एकिकृत कृषि तथा पशुपंछि विकास कायालय, गुलरिया, बर्दियाले आयोजना गरेको जिल्ला स्तरिय अगुवा बाख्रापालन तालिममा सहभागि कृषकहरूले सो माग राखेका हुन ।

तीन दिनसम्म चलेको उक्त तालिममा सहभागी कृषकहरूले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गर्न सरकारको थप सहयोग आवश्यक भएको बताएका छन । 

तालिममा सहभागी कृषकहरूले प्राविधिक तालिम महत्वपूर्ण भए पनि घाँस र दानाको उच्च लागतले व्यवसायिक बाख्रापालनमा चुनौती थपिएको उल्लेख गरे । तालिमका क्रममा सहभागी कृषकहरूले बाख्राको खानपानका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने र यसलाई दीर्घकालीन बनाउनु पर्ने सुझाव दिएका थिए ।

एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले गत वर्ष कार्यालयले बाख्रापालन प्रोत्साहन गर्न प्रति किलोग्राम २५ रुपैयाँको दरले अनुदान स्वरूप १५ लाख २८ हजार ४ सय २५ रुपैयाँ वितरण गरेको जानकारी गराउनुभयो । उहाँले जिल्लामा झन्डै २ लाख २० हजार बाख्राको संख्याले यो व्यवसायलाई आर्थिक गतिविधिमा जोड्न महत्त्वपूर्ण अवसर दिएको बताउनुभयो ।

बाख्रापालन महासंघ बर्दियाका अध्यक्ष नयनसिंह रावलका अनुसार जिल्लामा ३ सय जना कृषकले व्यवसाय दर्ता गरी बाख्रापालन गरिरहेका छन्, तर महासंघमा १ सय ५० जनाले मात्र दर्ता गरेका छन् । कार्यालयका पशुचिकित्सक अनिल शर्माले तालिमका क्रममा बाख्रामा लाग्ने रोग, खोरको व्यवस्थापन र व्यवसायिक बाख्रापालनका लागि आवश्यक पर्ने ज्ञान बारे प्रशिक्षण गर्नुभयो ।

कृषकहरूले यस्तो तालिमलाई निरन्तरता दिनुका साथै घाँस र दानामा पर्याप्त अनुदान उपलब्ध गराएर सरकारले व्यवसायीकरणमा सहजिकरण गर्नुपर्नेमा जोड दिएका छन् । तालिममा १४ जना महिला र ६ जना पुरुष गरी २० जना बाख्रापालक कृषकको सहभागिता रहेको थियो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…