Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको स्वास्थ्य परिक्षण

डेक्स

डेक्स

होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको स्वास्थ्य परिक्षण
ADVERTISEMENT

बाँके डुडुवा गाउँपालिका वार्ड नं.–१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवा लिएका छन । डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५२ महिला र  १ सय ३६ जना पुरुष गरि २ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरिएको थियो । 

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्र्तगत आयोजित शिविरमा निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो । 

दुरदराजका स्थानीयमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको पहिचान तथा रोगका बारेमा जानकारीका लागि स्वास्थ्य शिविरले ठुलो मद्दत पुरयाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पालिकाले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेकाले स्वास्थ्यको समस्याबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर घर घरमा स्वास्थ्य सेवा लागु गरेको भन्दै चौधरीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आफ्नो स्वास्थ्य चेकजाँच गराउन स्थानीयलाई आग्रह गर्नुभयो । 

शिविरमा मध्यपश्चिम क्षेत्रीय शसस्त्र प्रहरी बल अस्पताल बाँकेका चिकित्सक सशस्त्र प्रहरी निरीक्षक डा. विवेक पुन, हेल्थ असिस्टेन्ट सशस्त्र प्रहरी नायब निरीक्षक भरत थापा र डिल्लीबहादुर गिरी तथा डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, सिनियर अहेब प्रदिप शाह, अहेब मनोज कैराती र प्रदीप ओलीले बिरामीको चेकजाँच गर्नुभएको थियो ।  

शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका पवन कैरातीले बताउनुभयो । डुडुवाको सबै भन्दा बिकट क्षेत्र कृषि चौफेरी, पाझा होलिय, खडैचा, पिप्रहवालगायत गाउँका स्थानीयलाई लक्षित गरी शिविर संचालन गरिएको थियो । 


 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…