Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बाँकेमा धान उत्पादनमा बृद्धि

डेक्स

डेक्स

बाँकेमा धान उत्पादनमा बृद्धि
ADVERTISEMENT

नेपालगन्ज, ४ पुस । बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको हो । 

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले गत वर्षभन्दा यस वर्ष जिल्लामा धान उत्पादन बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादन भने बढेको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार यस वर्ष ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

उक्त क्षेत्रफलमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिक टन धान उत्पादन भएको हो । प्रति हेक्टर ४।४० मेट्रिक टनका दरले उत्पादकत्व रहेको उहाँले बताउनुभयो । “गतवर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ, गतवर्ष भन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको छ ।”

सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती भएको थियो, यसवर्ष भने ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती भयो, तर उत्पादन भने बढ्यो ।” श्रेष्ठका अनुसार गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती हुँदा प्रति हेक्टर ४।२० का दरले उत्पादकत्व रहेको थियो । वर्षे धान र चैते धान गरेर एक लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको थियो । 

बाँकेमा चैते धान भन्दा वर्षे धान नै बढी खेती हुने उहाँले बताउनुभयो । “कूल धान खेती हुने क्षेत्रफलमध्ये करिब ३५ देखि ४० हेक्टर जमिनमा मात्र चैते धानको खेती हुन्छ, बाँकी सबै वर्षे धान नै खेती हुन्छ ।” श्रेष्ठले भन्नुभयो, “जिल्लामा २५ हजार ११५ दशमलव ३० हेक्टर जमिन सिँचित क्षेत्रफल रहेको छ, बाँकी जमिन आकाशे पानीको भरमा खेती गर्ने क्षेत्रफल रहेको छ ।”

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…