Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

डेक्स

डेक्स

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो
ADVERTISEMENT

कमल राज पौडेल 

बर्दिया, ७ मंसिर : बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको भादा घाटमा १० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवस २०८१ को अवसरमा मत्स्य क्षेत्रमा लगानी बृद्धि : खाद्य सुरक्षा दिगो विकास र समृद्धि भन्ने मुलनारा सहित मनाइएको दिवसको अवसरमा माछा छोडिएको हो ।

परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दिया र भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेले बबई नदिमा रोहँ, नैनी र भाकुर जात लगायतका माछाको भुरा छोडेको हो । 

बबई नदिमा रोहुँ, नैनी, भाकुर, पढ्नी र बाम लगायत स्थानीय जातका माछा पाइने गरेकोमा अहिले लोप हुँदै गएको एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट स्थानीय प्रजातिका माछा संरक्षणका लागि सहयोग भएकाले तिनीहरुको सङ्ख्या बढ्दै गएको छ । 

बर्दियामा ४ सय ३६ हेक्टरमा माछाको पोखरी छ । बार्षिक २ हजार २ सय ३४ मेट्रिक टन माछा यहाँ उत्पादन हुन्छ । पोखरी र नदिमा साना भुरा छोड्दा बकुल्ला लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढिरहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोड्दा उपयुक्त हुन्छ ।

स्थानीय माछाका प्रजाति संरक्षण तथा जलारी समुदायका जीवनोस्तर सुधारका लागि माछा पाल्ने केज हस्तान्तरण, भुरा छाड्ने लगायतका कार्यक्रमहरु गर्दै आइरहेका छौं । दूध, माछा, मासु र अण्डामा बर्दियालाई आत्मनिर्भर बनाउने योजनालाई सफल पार्न व्यावसायिक माछापालनमा जोड दिनु आवश्यक छ ।

कार्यक्रमममा माछा जोन बर्दियाका संयोजक, कलपत्रु सहकारीका अध्यक्ष, पशु सेवा तालीम केन्द्र बाँके र पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…