Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

अपाङ्गता परीक्षण शिविर

डेक्स

डेक्स

अपाङ्गता परीक्षण शिविर
ADVERTISEMENT

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर गरिएको छ । बाँके  युनेस्को क्लबले  प्लान इन्टरनेशनल नेपालसंगको  साझेदारीमा  संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत सो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको सहकार्यमा सम्पन्न गरेको हो ।

शिविरमा सहभागी बालबालिकालाई पहिले नै विद्यालयमा वाशिंगटन समूहको प्रश्नावलीको आधारमा मुल्याङ्कन गरिएको थियो। शिविरको उद्घाटन गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत, इकाइ प्रमुखहरू, नगर कार्यपालिकाका सदस्यहरू, र वडा अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो।

शिविरमा बाँके युनेस्को क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष  पंचम गुरुङ, प्राविधिक सल्लाहकार  साजिद अली सिद्दिकी, र कार्यक्रम संयोजक  महेश नेपालीको लगायत चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो।

बालबालिकाको आँखा, हड्डी, कान, नाक, घाँटीका विशेषज्ञहरू तथा नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुर(बाँकेका फिजियोथेरापिस्टहरूले शिविरमा परीक्षण गर्नुभएको थियो।  गुलरिया नगरपालिकाको परिचयपत्र वितरण समितिका सदस्य डा। बिजय उपाध्यायले बालबालिकालाई परिचयपत्र वितरण गर्नु भएको थियो।

शिविरको नतिजा स्वरूप, १० जना बालबालिकालाई अपाङ्गता परिचयपत्र प्रदान गरियो, १८ जना बालबालिकालाई चस्मा वितरण गरियो, र २ जना बालबालिकालाई श्रवण सहयोग यन्त्र प्रदान गरियो। अपाङ्गता परीक्षण शिविर बर्दिया जिल्लाको बढईया, बांसगड़ी र राजापुर नगरपालिकामा समेत संचालन गरीने बॉके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…