Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम

डेक्स

डेक्स

बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, १० कात्तिक : कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न लागिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले जानकारी दिनुभयो । 
 
“कृषि विकास कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई प्रस्ताव पेस गर्न सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “कार्यक्रममा सहभागी हुन योग्य किसानको व्यावसायिक योजनाका आधारमा प्रस्तावहरु स्वीकृत गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ ।”

कृषि ज्ञान केन्द्र बाँकेले चालु आवमा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम, वैजनाथ गाउँपालिकामा च्याउ प्रवर्द्धन र कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकामा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

यसबाहेक वर्षे/हिउँदे फलफूल बिरुवा वितरण र बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा  सहयोग कार्यक्रम जिल्ला भरका किसानसँग सञ्चालन गर्ने योजना रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले कृषि ज्ञान केन्द्रले सञ्चालन गर्ने व्यावसायिक तरकारी प्रवर्द्धन र च्याउन प्रवर्द्धन कार्यक्रमबाट प्रत्यक्षरुपमा किसान लाभान्वित हुने भएकाले धेरैभन्दा धेरै किसानलाई सहभागी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उहाँले किसानसँग आवश्यक समन्वयको लागि आफूहरु सदैव तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।  

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…