बर्दिया ४ असोज । संबिधान दिवसको अवसरमा बर्दिया ठाकुरबाबाको भुरीगाउँमा १२औंं श्रृखंला अन्र्तगत एक सय पाँच जनाले रक्तदान गरेका छन ।
बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, पर्यटन व्यवसायी, योग अभियान्ता, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतले उत्साहका साथ रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको संयुक्त आयोजनामा १ सय ५ जनाले रक्तदान गरेका हुन ।
ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा बाँके जिल्लाका निवासी वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता १ सय १ पटक रक्तदान गर्नुभएका पवन जायसवाललाई ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईले अबीरका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
ठाकुरबाबा नगरपालिका वार्ड नं.– १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल (छैठों पटक) , उप–प्रमुख बीना कुमारी भट्टराई (आठौंपटक) र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले(सातौं पटक) रगत दिएर कार्यक्रमको शुरुआत गर्नु भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली, ओम बहादुर रानाक्षेत्री, बिकास गुरुङ्ग, जय प्रसाद पौडेल, पे्रम प्रसाद उपाध्याय, शिव प्रसाद पंगेनी, कुमार प्रसाद सापकोटा, रबिन्द्र अर्याल, सर्वराज भारती, अनिल कुमार थारु, पदम बीर थापा, बीरेन्द्र खडका, नवराज रानामगर, गोबिन्द रावत, अनूप कुमार थारु, बिकास केसी, शेर बहादुर डाँगी लगायतले रक्तदान गर्नुभएको थियो ।