Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

समाचारको प्रभाव : एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

सम्वाददाता

सम्वाददाता

समाचारको प्रभाव : एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
ADVERTISEMENT

देव कमल पौडेल

बर्दिया, ३१ भाद्र । सामुदायिक सेवा केन्द्रको एम्बुलेन्सका बारेमा संचारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्ज स्थित सुपा देउराली फार्मेसीबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । 

बर्दियाको गुलरिया नगरपालिका वडा नं। ६ स्थित रहेको सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको विषयलाई पैरबी अनलाइनले समाचार लेखेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भएको हो । संस्थाको सम्पर्कमा एम्बुलेन्स नभएपछि प्रहरीले खोजीका लागि चासो लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको हो । 

सामुदायिक सेवा केन्द्र बर्दियाका तत्कालिन अध्यक्ष्य कमलराज पौडेलको पहलमा भारतीय राजदुतावासको सहयोगमा प्राप्त भएको एम्बुलेन्स विगत केहि बर्ष देखि सुपादेउराली फार्मेसीले प्रयोग गर्दै आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले नेपालगञ्जमा रहेको सुपादेउराली फार्मेसीले एम्बुलेन्स संचालन गरिरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, सामुदायिक सेवा केन्द्रको सम्पूर्ण कागजातहरु झिकाई आन्तरिक रुपले त्यसको अनुसन्धान गरिरहेका छौ । कसले र कसरी त्यो एम्बुलेन्स आजसम्म दुरुपयोग गरेको हो, छानविन गर्दैछौं । छानविनमा दोषी देखिनेलाई कारवाही गरिनेछ । 

सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष पौडेलले २०६३ सालमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय राजदुतावासले दिएको एम्बुलेन्स आफ्नो कार्यकाल पछि नदेखेको बताउनुभयो । 

सेवा केन्द्रका अध्यक्ष उमेश मलिकले एम्बुलेन्सको विषयमा आफुलाई केहि थाहा नभएको बताउनु भयो । उहाँले भन्नुभयो, अमर बहादुर खड्का अध्यक्ष हुँदा एम्बुलेन्स नेपालगञ्ज स्थित कुनै फामेर्सीमा दिएको कुरा सुनेको थिए । हालसम्म कुनै किसिमको आम्दानी हिसाव देखिएको छैन् । एम्बुलेन्स दिदाको बखतमा कुनै सम्झौता भए÷नभएको मलाई थाहा छैन् । 

उक्त केन्द्रमा विगत तिन वर्ष देखि कार्यरत जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार मिना थापाले आफु आए देखि एम्बुलेन्सको कुनै आयस्रोत नदेखेको बताउँदै विगत सात बर्ष देखि संस्था समेत नवीकरण नभएको जानकारी गराउनुभयो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…