Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

समाचारको प्रभाव : एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

सम्वाददाता

सम्वाददाता

समाचारको प्रभाव : एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
ADVERTISEMENT

देव कमल पौडेल

बर्दिया, ३१ भाद्र । सामुदायिक सेवा केन्द्रको एम्बुलेन्सका बारेमा संचारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्ज स्थित सुपा देउराली फार्मेसीबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । 

बर्दियाको गुलरिया नगरपालिका वडा नं। ६ स्थित रहेको सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको विषयलाई पैरबी अनलाइनले समाचार लेखेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भएको हो । संस्थाको सम्पर्कमा एम्बुलेन्स नभएपछि प्रहरीले खोजीका लागि चासो लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको हो । 

सामुदायिक सेवा केन्द्र बर्दियाका तत्कालिन अध्यक्ष्य कमलराज पौडेलको पहलमा भारतीय राजदुतावासको सहयोगमा प्राप्त भएको एम्बुलेन्स विगत केहि बर्ष देखि सुपादेउराली फार्मेसीले प्रयोग गर्दै आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले नेपालगञ्जमा रहेको सुपादेउराली फार्मेसीले एम्बुलेन्स संचालन गरिरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, सामुदायिक सेवा केन्द्रको सम्पूर्ण कागजातहरु झिकाई आन्तरिक रुपले त्यसको अनुसन्धान गरिरहेका छौ । कसले र कसरी त्यो एम्बुलेन्स आजसम्म दुरुपयोग गरेको हो, छानविन गर्दैछौं । छानविनमा दोषी देखिनेलाई कारवाही गरिनेछ । 

सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष पौडेलले २०६३ सालमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय राजदुतावासले दिएको एम्बुलेन्स आफ्नो कार्यकाल पछि नदेखेको बताउनुभयो । 

सेवा केन्द्रका अध्यक्ष उमेश मलिकले एम्बुलेन्सको विषयमा आफुलाई केहि थाहा नभएको बताउनु भयो । उहाँले भन्नुभयो, अमर बहादुर खड्का अध्यक्ष हुँदा एम्बुलेन्स नेपालगञ्ज स्थित कुनै फामेर्सीमा दिएको कुरा सुनेको थिए । हालसम्म कुनै किसिमको आम्दानी हिसाव देखिएको छैन् । एम्बुलेन्स दिदाको बखतमा कुनै सम्झौता भए÷नभएको मलाई थाहा छैन् । 

उक्त केन्द्रमा विगत तिन वर्ष देखि कार्यरत जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार मिना थापाले आफु आए देखि एम्बुलेन्सको कुनै आयस्रोत नदेखेको बताउँदै विगत सात बर्ष देखि संस्था समेत नवीकरण नभएको जानकारी गराउनुभयो ।

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…