Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डेक्स

डेक्स

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट
ADVERTISEMENT

डुडुवा (बाँके), ३१ भदौ : स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०÷२०८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने पालिका मुल्याकंनमा उत्कृष्ट भएको हो । मूल्याकंनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।

जिल्लाका स्थानीय तहहरुले प्रवाह गर्ने सेवाबारेको जिल्ला स्तरीय समिक्षात्मक गोष्ठिमा डुडुवा गाउँपालिकालाई उत्कृष्टताको प्रमाण पत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७२ दशमलव ४२ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको छ । 

डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।जिल्लाबाट प्राप्त उत्कृष्टताको प्रमाणपत्रलाई स्वास्थ्य शाखा प्रमुख शर्माले पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोलाई हस्तान्तरण गर्नुभयो । 

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार अहिले पालिकाका तीन वटा स्थानमा निशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको छ । 

मुल्यांकनमा जानकी गाउँपालिका दोस्रो, खजुरा गाउँपालिका तेस्रो, राप्तीसोनारी चौथो, कोहलपुर नगरपालिका पाँचौं, नरैनापुर छैठों, बैजनाथ सातौं र नेपालगञ्ज आठौं स्थानमा रहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताउनुभयो । 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…