Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने

सम्वाददाता

सम्वाददाता

कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, भाद्र २१ गते । एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालय, गुलरिया बर्दियाले चालु आर्थिक वर्ष २०८१/०८२ मा मुक्त कमैया कम्लरी आयआर्जन सहित विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ।

आ।व। २०८१/०८२ को कार्यक्रम आज सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाईमा उक्त जानकारी गराइएको एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यलय प्रमुख सागर ढकालले बताउनुभयो । प्रमुख ढकालका अनुसार चालु आर्थिक वर्षमा प्रदेश र संघीय सरकारको सहयोगमा सात वटा उप–शीर्षकमा कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

प्रमुख ढकाल भन्नुहुन्छ, यस वर्षका मुख्य कार्यक्रमहरूमा कृषि उत्पादन बजारिकरण, नियमन प्रविधि प्रसार, विउमा आत्मनिर्भर कार्यक्रम, कृषक प्राविधिक भेटघाट, आलुको बीउ ढुवानी तथा स्रोत भण्डार शुल्कमा सहयोग, पशु सेवा, मत्स्य विकास र एकीकृत पशुपक्षि विकास रहेका छन् । 

उहाँका अनुसार यी कार्यक्रमहरूका लागि रु ७ करोड ४४ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ । विउमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत मुक्त कमैया कम्लरी आयआर्जन कार्यक्रम समावेश गरिएको छ, जसले यस वर्गलाई कृषि क्षेत्र मार्फत आयआर्जनमा प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । 

प्रमुख ढकालले विगत चार वर्षको निरन्तर प्रयासले गत वर्ष तुलनात्मक रूपमा राम्रो प्रगति हासिल भएको र यस वर्ष बाँकी कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराउँदै यस आ।व।मा थप नयाँ कार्यक्रमहरु संचालन गरिने बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रतिनिधिहरू, विभिन्न संचार माध्यमा आवद्ध सञ्चारकर्मी, कृषक, कृषक समूहहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…