Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती

डेक्स

डेक्स

भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती
ADVERTISEMENT

नेपालगन्ज १२ साउन । नेपालगन्जस्थित भेरी अस्पतालले भौतिक पुर्वाधारसंगै सेवाको प्रभावकारिता बढाउदै लगेको छ । अस्पतालको सेवालाई प्रविधि मैत्री बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइटमार्फत नै दिने गरेको छ । 

अस्पतालमा एकदिनमा करिब पाँच सय बढी विरामीले सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी वरिष्ठ फिजिसिय डा. संकेत रिसालले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विरामीको चाँप थेगी नसक्नु भएको छ । 

अस्पतालले बिरामीको विश्वास आर्जन गरिरहँदा बढेको बिरामीको चाप थेग्न नसकेको हो । बहिरङ्ग (ओपीडी) र आकस्मिक कक्षमा पुग्ने बिरामीको चाप थेगिनसक्नु रहेको छ । आकस्मिक शैया र शल्याक्रिया (अपरेशन)का लागि निकै लामो समय कुर्नु पर्ने भएपछि भेरी अस्पतालमा आउने बिरामी अन्यत्र पुग्नु पर्ने अवस्था रहेको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले बताउनुभयो । 

‘थप भौतिक पूर्वाधार र जनशक्ति आवश्यक छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि विगतदेखि नै निरन्तर प्रयासरत छौं ।’ उनले व्यवस्थापन समितिबाट स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध हुने आर्थिक स्रोत त्यही खर्च गरिरहेको बताउनुभयो । 

अस्पतालमा पश्चिमका २४ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन । त्यसैले अस्पतालमा पूर्वाधार र जनशक्ति अझै थप्न आवश्यक रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालले गत आर्थिक बर्ष २०८०÷०८१ मा १ लाख ६२ हजार ७ सय ९८ जनालाई ओपिडि सेवा दिएको थियो । उक्त आ.व.मा इमरजेन्सीमा सेवा लिने बिरामीको संख्या २६ हजार ३ सय ४९ रहेको अस्पतालको तथ्यांक रहेको छ । 

भेरी अस्पतालले आ.व. २०७९÷०८० मा १ लाख ६९ हजार २ सय ५६ लाई ओपिडी, २८ हजार ५ सय ७४ लाई इमरजेन्सी, आ.व. २०७८÷०७९ मा १ लाख ३ हजार ४ सय ४२ लाई ओपिडि, २८ हजार ९ सय ९० जनालाई इमरजेन्सी सेवा दिएको थियो । अस्पतालमा रहेका उपकरणहरू पूर्ण रूपमा प्रयोगमा रहेका छन । 

वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रूपमा परिणत भएको थियो । काठमाडौंको वीर अस्पताल र भेरी एकै बर्षमा स्थापना भएका अस्पताल हुन । 

भेरी अस्पतालमा सेवा थपिंदै जाँदा विरामीहरू काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता भने कम हुँदै गएको छ । सरकारको कार्यक्रम अनुसार कतिपय सेवा निःशुल्क रहेको छ । 

आज बिहीबार भेरी अस्पताल १३४औँ स्थापना दिवस तथा बार्षिकउत्सव मनाउँदैछ । दिउसो एक समारोहका विच औपचारिक कार्यक्रम गर्न लागेको जनाएको छ । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…