Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती

डेक्स

डेक्स

भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती
ADVERTISEMENT

नेपालगन्ज १२ साउन । नेपालगन्जस्थित भेरी अस्पतालले भौतिक पुर्वाधारसंगै सेवाको प्रभावकारिता बढाउदै लगेको छ । अस्पतालको सेवालाई प्रविधि मैत्री बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइटमार्फत नै दिने गरेको छ । 

अस्पतालमा एकदिनमा करिब पाँच सय बढी विरामीले सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी वरिष्ठ फिजिसिय डा. संकेत रिसालले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विरामीको चाँप थेगी नसक्नु भएको छ । 

अस्पतालले बिरामीको विश्वास आर्जन गरिरहँदा बढेको बिरामीको चाप थेग्न नसकेको हो । बहिरङ्ग (ओपीडी) र आकस्मिक कक्षमा पुग्ने बिरामीको चाप थेगिनसक्नु रहेको छ । आकस्मिक शैया र शल्याक्रिया (अपरेशन)का लागि निकै लामो समय कुर्नु पर्ने भएपछि भेरी अस्पतालमा आउने बिरामी अन्यत्र पुग्नु पर्ने अवस्था रहेको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले बताउनुभयो । 

‘थप भौतिक पूर्वाधार र जनशक्ति आवश्यक छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि विगतदेखि नै निरन्तर प्रयासरत छौं ।’ उनले व्यवस्थापन समितिबाट स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध हुने आर्थिक स्रोत त्यही खर्च गरिरहेको बताउनुभयो । 

अस्पतालमा पश्चिमका २४ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन । त्यसैले अस्पतालमा पूर्वाधार र जनशक्ति अझै थप्न आवश्यक रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालले गत आर्थिक बर्ष २०८०÷०८१ मा १ लाख ६२ हजार ७ सय ९८ जनालाई ओपिडि सेवा दिएको थियो । उक्त आ.व.मा इमरजेन्सीमा सेवा लिने बिरामीको संख्या २६ हजार ३ सय ४९ रहेको अस्पतालको तथ्यांक रहेको छ । 

भेरी अस्पतालले आ.व. २०७९÷०८० मा १ लाख ६९ हजार २ सय ५६ लाई ओपिडी, २८ हजार ५ सय ७४ लाई इमरजेन्सी, आ.व. २०७८÷०७९ मा १ लाख ३ हजार ४ सय ४२ लाई ओपिडि, २८ हजार ९ सय ९० जनालाई इमरजेन्सी सेवा दिएको थियो । अस्पतालमा रहेका उपकरणहरू पूर्ण रूपमा प्रयोगमा रहेका छन । 

वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रूपमा परिणत भएको थियो । काठमाडौंको वीर अस्पताल र भेरी एकै बर्षमा स्थापना भएका अस्पताल हुन । 

भेरी अस्पतालमा सेवा थपिंदै जाँदा विरामीहरू काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता भने कम हुँदै गएको छ । सरकारको कार्यक्रम अनुसार कतिपय सेवा निःशुल्क रहेको छ । 

आज बिहीबार भेरी अस्पताल १३४औँ स्थापना दिवस तथा बार्षिकउत्सव मनाउँदैछ । दिउसो एक समारोहका विच औपचारिक कार्यक्रम गर्न लागेको जनाएको छ । 


 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…