Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

सम्वाददाता

सम्वाददाता

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब
ADVERTISEMENT

अजय चापागाई 

बर्दिया, १० साउन । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको पाईएको छ । सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष कमलराज पौडेल (देवकमल) को कार्यकालमा भारतीय राजदुतावासको सहयोगमा ल्याईएको एम्बुलेन्स विगत केहि बर्षदेखि सेवा केन्द्रमा नरहेको पाइएको हो । 

तत्कालिन अध्यक्ष पौडेलले २०६३ सालमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय राजदुतावासले दिएको एम्बुलेन्स आफ्नो कार्यकालपछि नदेखेको भन्दै आफुले एम्बुलेन्सको खोजि गरिरहेको पैरवीलाई बताउनुभयो । उहाँले भन्नुभयो,–‘यदि एम्बुलेन्स गैर कानुनी तरिकाले बेचविखन वा लिजमा कसैले दिएको छ भने उनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ, यो गलत कार्य हो ।’ पूर्व अध्यक्ष पौडेलले भन्नुभयो, –‘त्यो एम्बुलेन्स काहाँ गयो ? बेचविखन भयो कि, कुनै सम्झौता गरि कसैले लिजमा लग्यो की ? यो विषयमा अनुसन्धान गर्न जरुरी छ । एम्बुलेन्सको एक–एक हिसाब सेवा केन्द्रले गुलरियावासीलाई देखाउनु पर्छ । 

यस विषयमा मैले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालसँग बृहत छलफल गरेको छु । उहाँले मलाई यस विषयमा गहन अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने आश्वसन समेत दिएको बताउनुभयो । सेवा केन्द्रका अध्यक्ष उमेश मलिकले एम्बुलेन्सको विषयमा आफुलाई केहि थाहा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, अमर बहादुर खड्का अध्यक्ष हुँदा एम्बुलेन्स नेपालगञ्ज स्थित कुनै फामेर्सीमा दिएको कुरा सुनेको थिए । हालसम्म कुनै किसिमको आम्दानी हिसाव देखिएको छैन् । एम्बुलेन्स दिदाको बखतमा कुनै सम्झौता भए/नभएको मलाई थाहा छैन् । 

उक्त केन्द्रमा विगत तिन वर्ष देखि कार्यरत जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार मिना थापाले आफु आएदेखि एम्बुलेन्स नदेखेको र एम्बुलेन्सको कुनै आयस्रोत नरहेको  बताउनुभयो । उहाँले विगत सात बर्ष देखि संस्था नवीकरण समेत नभएको जानकारी गराउनु भयो ।

समाजसेवाको उद्देश्यले स्थापना भएको संस्थामा अनियमित भएपछि त्यसबारे सबैको ध्यान र चासो बनाउनुपर्ने स्थानीयले बताएका छन ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…