Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

सम्वाददाता

सम्वाददाता

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब
ADVERTISEMENT

अजय चापागाई 

बर्दिया, १० साउन । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको पाईएको छ । सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष कमलराज पौडेल (देवकमल) को कार्यकालमा भारतीय राजदुतावासको सहयोगमा ल्याईएको एम्बुलेन्स विगत केहि बर्षदेखि सेवा केन्द्रमा नरहेको पाइएको हो । 

तत्कालिन अध्यक्ष पौडेलले २०६३ सालमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय राजदुतावासले दिएको एम्बुलेन्स आफ्नो कार्यकालपछि नदेखेको भन्दै आफुले एम्बुलेन्सको खोजि गरिरहेको पैरवीलाई बताउनुभयो । उहाँले भन्नुभयो,–‘यदि एम्बुलेन्स गैर कानुनी तरिकाले बेचविखन वा लिजमा कसैले दिएको छ भने उनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ, यो गलत कार्य हो ।’ पूर्व अध्यक्ष पौडेलले भन्नुभयो, –‘त्यो एम्बुलेन्स काहाँ गयो ? बेचविखन भयो कि, कुनै सम्झौता गरि कसैले लिजमा लग्यो की ? यो विषयमा अनुसन्धान गर्न जरुरी छ । एम्बुलेन्सको एक–एक हिसाब सेवा केन्द्रले गुलरियावासीलाई देखाउनु पर्छ । 

यस विषयमा मैले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालसँग बृहत छलफल गरेको छु । उहाँले मलाई यस विषयमा गहन अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने आश्वसन समेत दिएको बताउनुभयो । सेवा केन्द्रका अध्यक्ष उमेश मलिकले एम्बुलेन्सको विषयमा आफुलाई केहि थाहा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, अमर बहादुर खड्का अध्यक्ष हुँदा एम्बुलेन्स नेपालगञ्ज स्थित कुनै फामेर्सीमा दिएको कुरा सुनेको थिए । हालसम्म कुनै किसिमको आम्दानी हिसाव देखिएको छैन् । एम्बुलेन्स दिदाको बखतमा कुनै सम्झौता भए/नभएको मलाई थाहा छैन् । 

उक्त केन्द्रमा विगत तिन वर्ष देखि कार्यरत जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार मिना थापाले आफु आएदेखि एम्बुलेन्स नदेखेको र एम्बुलेन्सको कुनै आयस्रोत नरहेको  बताउनुभयो । उहाँले विगत सात बर्ष देखि संस्था नवीकरण समेत नभएको जानकारी गराउनु भयो ।

समाजसेवाको उद्देश्यले स्थापना भएको संस्थामा अनियमित भएपछि त्यसबारे सबैको ध्यान र चासो बनाउनुपर्ने स्थानीयले बताएका छन ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…