Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गाउँभरिको खेतमा महिलाको सामूहिक रोपाइँ

डेक्स

डेक्स

गाउँभरिको खेतमा महिलाको सामूहिक रोपाइँ
ADVERTISEMENT

नेपालगन्ज, ५ साउनः जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् ।

रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गर्नुभएकी राधापुरकी ममता विकले भन्नुभयो, “एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।” 

महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछि अहिले खेताला खोज्नुपर्ने झण्झट हराएको उहाँले बताउनुभयो । यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उहाँको बुझाइ छ ।

समूहका सदस्यभित्र प्रति घण्टा रु दुई हजार र समूह बाहिरप्रति घण्टा रु तीन हजारका दरले महिला दिदीबहिनीले रोपाइँ गर्दै आउनुभएको छ । सामूहिक रोपाइँबाट यसवर्षको हालसम्म रु एक लाख ८० हजार आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिनुभयो ।

“समूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छाँै”, उहाँले भन्नुभयो, “यो वर्षको अहिलेसम्म रु एक लाख ८० हजार बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा रु दुई लाख पुग्छ ।”

राधापुरको न्याउलीडाँडा निवासी बालसरा सुनारले सामूहिक रोपाइँले गाउँमा खेती किसानीको काममा धेरै सहज भएको बताउनुभयो । “आफ्नो सात कठ्ठा खेतमा धान रोप्ने गरेकामा महिला समूहमा आवद्ध भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको छु”, उहाँले भन्नुभयो ।

“गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश पलायन भएका छन्, घरमा वृद्ध सासू–ससुरा मात्रै हुनुहुन्छ”, स्थानीय समिक्षा खड्का विकले भन्नुभयो, “बच्चाबच्चीको हेरचाह गर्ने, खेती किसानीका साथै परिवारको सम्पूर्ण जिम्मेवारी हेर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा समूहमा काम गर्दा सहयोग हुनुका साथै काम छिटो सम्पन्न भएको छ ।” विगतमा एक्लै वा एक÷दुईजना पर्म लगाउने गरेपनि गतवर्षदेखि महिला समूहमा आवद्ध भएसँगै पर्म खोज्ने झन्झट अन्त्य भएको उहाँले बताउनुभयो । 

राधापुरका महिला दिदीबहिनीले सामूहिक रुपमा काम गरेर आर्थिक बचत गर्न सफल हुनुका साथै सकरात्मक सन्देश दिएको दलित महिला सङ्घकी सहजकर्ता तारा विकले बताउनुभयो । उहाँहरुको उत्साहलाई कायम राख्न संस्थागत रुपमा आवश्यक सहयोग र समन्वय गरिने उहाँले जानकारी दिनुभयो । 

खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहनुभएको बताउनुभयो । महिलाको हौसला वृद्धि गर्न अन्य सीपमूलक कार्यक्रम सञ्चालनको योजना बनाइएको जनाउँदै महिला सक्षम भए समाज नै समृद्ध बन्ने उहाँले धारणा राख्नुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…