Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डेक्स

डेक्स

बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
ADVERTISEMENT

नेपालगन्ज २९ असार । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगञ्जमा आज एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

बाँकेका ८ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।  जिल्लाका जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चित भएपछि बाँकेलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार खोजपड्ताल गर्दा जिल्लामा कुनै पनि खोप नलगाएका १६ देखि ५९ महिनाका ८५ जना तथा आंशिक खोप मात्र लगाएका ८५१ बालबालिका भेटिएकोमा ती सबैलाई खोपको मात्रा पूरा गरिएको छ । त्यस बाहेक नियमित खोप लगाउनुपर्ने बच्चाले पनि पूर्ण खोप पाएको सुनिश्चितता गरिएको छ ।

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, भेरी अस्पतालका नर्सिग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका दिपक थापा लगायतले बोल्नुभएको थियो । 

घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा खोपको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फाल्गुन महिनामा खोज र खोप अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले खोप लगाउन सुरु गरे नगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरुले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई वैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पनि गरिन्छ ।

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…