Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै

डेक्स

डेक्स

नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज । नेपालगन्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर भन्ने गरिन्छ । हिन्दु, मुस्लिम, सिख्ख, इसाई धर्म मान्नेहरु रहेका छन । सबै जातजातीका अभिभावकहरुको बालबालिकाहरुले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन । जनचेतनाको अभाव र धार्मिक परम्पराका कारण मधेशी र मुस्लिम समुदायका बालिकाहरुलाई विद्यालय पठाइन्दैन । 

उक्त समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले कक्षा एकदेखि उच्च शिक्षासम्म पढ्नका लागि कन्या मावि र महिला कलेज संचालनमा ल्याएको छ । उच्च शिक्षासम्म छुट्टै अध्यायपन हुन थालेपनि यहाँका अभिभावकहरुले आफ्ना बालिकाहरुलाई निधक्र्कका साथ भर्ना गरेका छन । दुबै विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालेपछि बालिकाहरुको आकर्षण बढेको छ । 

मंगलप्रसाद महिला कलेज 

मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगन्जमा स्थापित महिला कजेलको आकर्षण बढेको छ । उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना गरिएको हो ।

करिब रु ५ करोडको लागतमा ४० कोठे भवन निर्माण गरिएको महिला कलेजका प्रमुख रविन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्था समेत गरिएको छ । कलेजले अहिले विविएच, ४ वर्षे विएड र बिएससी कक्षा सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्युनतम शुल्कमा गुणस्तरिय र पुर्ण किशोर मैत्री बाताबरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो । 

कलेजमा हाल १ सय ३० बालिकाहरु विभिन्न संकायमा पढिरहेका छन । कलेजले लगनशिल, गरिब तथा अति विपन्न बालिकालाई छात्रबृति समेत प्रदान गरेको छ । कलेजमा विशेष गरि मधेशी र मुस्लिम समुदायका बालिकाहरु निर्धक्कका साथ अध्ययन गरिरहेका छन । 

मंगल प्रसाद माध्यामिक विद्यालयले लिजमा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको महिला कलेज सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्राहरुलाई भारतमा गएर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

नमूना बन्यो नेपालगन्ज कन्या मावि  

नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै वेला सय जना विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथे । भर्ना भएका विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउँदैनथे ।

घरदैलोमा पुग्दासमेत विद्यार्थी नपाउँदा शिक्षक–शिक्षिका हैरान हुन्थे । शिक्षक बुधेशकुमार जयसवालले विगतको दिन सम्झिदै भन्नुहुन्छ,–‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो । 
शैक्षिक सत्र २०७४/०७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुन्थ्यो । विद्यार्थी थिए जम्मा ९० जना । अहिले उक्त विद्यालयमा ६ सय जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेको पुर्व प्रधानाध्यापक भईसकेका शिक्षक जायसवाल बताउनुहुन्छ । 

विद्यालयमा सुधार
विद्यार्थी नपाउने समस्या भएपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय ग¥यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गर्ने निर्णय ग¥यो । ‘नेपालगन्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामकरण ग¥यौँ,’ पुर्व उपमेयर उमा थापा मगरले भन्नुभयो,–‘कन्या मावि बनाएपछि विद्यार्थीको संख्या त बढेको छ नै, शैक्षिक सुधारसमेत भएको छ ।’ 

विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त ग¥यो । आचार्यले विद्यालय सुधारका लागि योजना बनाउनुभयो । सोही योजनाअनुसार उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन ग¥यो । त्यसपछि विद्यार्थी नपाएर फुर्सदिला शिक्षक अध्ययन अध्यापनमा व्यस्त भए । विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालिएपछि अभिभावकहरुले आफ्ना छोरीहरुको भर्ना धमाधम गरे । विद्यालय अहिले नेपालगन्जको नमूनाको रुपमा बनेको छ । 

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले विद्यार्थीलाई हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरियो । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण ग¥यौँ,’ पुर्व मेयर थापाले भन्नुभयो । व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ । 

२०२२ साल जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६ सालदेखि कन्या माविको रुपमा सञ्चालन गरिएको छ । उक्त विद्यालयमा अहिले कक्षा १ देखि १२ कक्षासम्म पढाई विद्यालयमा सबै बालिकाहरु मात्र पढिरहेका छन । 

उक्त विद्यालय २०२५ साल फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन । उपमहानगरले कन्या माविको रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको विज्ञको रूपमा रहनुभएका आचार्यले बताउनुभयो । 

नेपालगन्ज कन्या माविमा अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन । सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताउनुभयो । फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उहाँले भन्नुभयो ।  

उहाँले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेको बताउनुभयो । छोरीहरूलाई घरबाहिर निस्किन नदिने र केटाहरूबाट टाढा राख्ने संस्कार अहिले पनि भएको भन्दै उहाँले कन्या मावि सञ्चालनमा आएपछि आफ्ना छोरीहरू सुरक्षित हुने विश्वास अभिभावकमा जागेको बताउनुभयो । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावकहरु बताउछन । 


 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…