Pairabi logo

भदौ ०५, २०८३, शुक्रबार                    

नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै

डेक्स

डेक्स

नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज । नेपालगन्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर भन्ने गरिन्छ । हिन्दु, मुस्लिम, सिख्ख, इसाई धर्म मान्नेहरु रहेका छन । सबै जातजातीका अभिभावकहरुको बालबालिकाहरुले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन । जनचेतनाको अभाव र धार्मिक परम्पराका कारण मधेशी र मुस्लिम समुदायका बालिकाहरुलाई विद्यालय पठाइन्दैन । 

उक्त समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले कक्षा एकदेखि उच्च शिक्षासम्म पढ्नका लागि कन्या मावि र महिला कलेज संचालनमा ल्याएको छ । उच्च शिक्षासम्म छुट्टै अध्यायपन हुन थालेपनि यहाँका अभिभावकहरुले आफ्ना बालिकाहरुलाई निधक्र्कका साथ भर्ना गरेका छन । दुबै विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालेपछि बालिकाहरुको आकर्षण बढेको छ । 

मंगलप्रसाद महिला कलेज 

मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगन्जमा स्थापित महिला कजेलको आकर्षण बढेको छ । उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना गरिएको हो ।

करिब रु ५ करोडको लागतमा ४० कोठे भवन निर्माण गरिएको महिला कलेजका प्रमुख रविन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्था समेत गरिएको छ । कलेजले अहिले विविएच, ४ वर्षे विएड र बिएससी कक्षा सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्युनतम शुल्कमा गुणस्तरिय र पुर्ण किशोर मैत्री बाताबरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो । 

कलेजमा हाल १ सय ३० बालिकाहरु विभिन्न संकायमा पढिरहेका छन । कलेजले लगनशिल, गरिब तथा अति विपन्न बालिकालाई छात्रबृति समेत प्रदान गरेको छ । कलेजमा विशेष गरि मधेशी र मुस्लिम समुदायका बालिकाहरु निर्धक्कका साथ अध्ययन गरिरहेका छन । 

मंगल प्रसाद माध्यामिक विद्यालयले लिजमा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको महिला कलेज सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्राहरुलाई भारतमा गएर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

नमूना बन्यो नेपालगन्ज कन्या मावि  

नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै वेला सय जना विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथे । भर्ना भएका विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउँदैनथे ।

घरदैलोमा पुग्दासमेत विद्यार्थी नपाउँदा शिक्षक–शिक्षिका हैरान हुन्थे । शिक्षक बुधेशकुमार जयसवालले विगतको दिन सम्झिदै भन्नुहुन्छ,–‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो । 
शैक्षिक सत्र २०७४/०७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुन्थ्यो । विद्यार्थी थिए जम्मा ९० जना । अहिले उक्त विद्यालयमा ६ सय जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेको पुर्व प्रधानाध्यापक भईसकेका शिक्षक जायसवाल बताउनुहुन्छ । 

विद्यालयमा सुधार
विद्यार्थी नपाउने समस्या भएपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय ग¥यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गर्ने निर्णय ग¥यो । ‘नेपालगन्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामकरण ग¥यौँ,’ पुर्व उपमेयर उमा थापा मगरले भन्नुभयो,–‘कन्या मावि बनाएपछि विद्यार्थीको संख्या त बढेको छ नै, शैक्षिक सुधारसमेत भएको छ ।’ 

विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त ग¥यो । आचार्यले विद्यालय सुधारका लागि योजना बनाउनुभयो । सोही योजनाअनुसार उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन ग¥यो । त्यसपछि विद्यार्थी नपाएर फुर्सदिला शिक्षक अध्ययन अध्यापनमा व्यस्त भए । विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालिएपछि अभिभावकहरुले आफ्ना छोरीहरुको भर्ना धमाधम गरे । विद्यालय अहिले नेपालगन्जको नमूनाको रुपमा बनेको छ । 

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले विद्यार्थीलाई हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरियो । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण ग¥यौँ,’ पुर्व मेयर थापाले भन्नुभयो । व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ । 

२०२२ साल जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६ सालदेखि कन्या माविको रुपमा सञ्चालन गरिएको छ । उक्त विद्यालयमा अहिले कक्षा १ देखि १२ कक्षासम्म पढाई विद्यालयमा सबै बालिकाहरु मात्र पढिरहेका छन । 

उक्त विद्यालय २०२५ साल फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन । उपमहानगरले कन्या माविको रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको विज्ञको रूपमा रहनुभएका आचार्यले बताउनुभयो । 

नेपालगन्ज कन्या माविमा अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन । सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताउनुभयो । फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उहाँले भन्नुभयो ।  

उहाँले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेको बताउनुभयो । छोरीहरूलाई घरबाहिर निस्किन नदिने र केटाहरूबाट टाढा राख्ने संस्कार अहिले पनि भएको भन्दै उहाँले कन्या मावि सञ्चालनमा आएपछि आफ्ना छोरीहरू सुरक्षित हुने विश्वास अभिभावकमा जागेको बताउनुभयो । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावकहरु बताउछन । 


 

ताजा

सबै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

लोकप्रिय

सबै

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

यो पनि

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

बर्दिया, साउन २४ । बर्दियाको बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्याप…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

बर्दिया। बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया…