Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

गड्यौला मल उत्पादन र हस्तकलाका लागि सामाग्री बितरण

सम्वाददाता

सम्वाददाता

गड्यौला मल उत्पादन र हस्तकलाका लागि सामाग्री बितरण
ADVERTISEMENT

नेपालगन्ज, ६ असार । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ । 

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर ९सिभिए० मार्फत स्टार्टअप सहयोग बितरण गरिएको बताउनुभयो । ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनिहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत बितरण गरिएको थियो । 

बितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले प्रशिक्षार्थीहरूलाई प्रदान गरिएको सहयोगको अधिकतम उपयोग गर्न आग्रह गर्दै हरित व्यापार र वातावरण संरक्षण मार्फत युवा र जोखिममा परेका महिलाहरूलाई सशक्तिकरणमा सहयोग गरेकोमा नेपाल नेपाल र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गर्नुभयो । 

नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईले आत्मविश्वास र जोशका साथ आफ्नो पेशालाई आत्मनिर्भरता प्राप्त गर्न र सम्मानजनक जीवन बिताउन प्रशिक्षार्थिहरुलाई प्रोत्साहन दिनुभयो । 

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिसाल, रोजगार संयोजक रविन्द्र अर्याल, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, तातो हावा परियोजनाका संयोजक साजिद अलि सिद्दिकी, ग्रिन इकोनोमी परियोजनाका अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको सहभागिता रहेको थियो । 

त्यसैगरी राजापुर नगरपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेको अध्यक्षतामा स्टार्टअप सामाग्री सहयोग बितरण कार्यक्रम सम्पन्न भएको थियो । 

सो कार्यक्रममा उद्यम विकास शाखाका प्रमुख पूर्णबहादुर ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, सदस्य फिरदौस जहाँ, आयोजना अधिकृत श्री।राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर सुश्री सञ्जिता रिजालको उपस्थिति रहेको थियो । राजापुरमा अर्गानिक तरकारी खेतीका लागि ८ जना युवा महिला र गड्यौला मल उत्पादनका लागि ७ जनालाई स्टार्ट अप सामाग्री बितरण गरिएको छ । 

वडा नम्बर ६ का वडा अध्यक्ष न्यौपानेले स्टार्टअप सहयोगले युवालाई व्यापार व्यवसायमा लाग्न प्रेरित गरेको जनाउँदै जनप्रतिनिधि र वडा कार्यालयले पनि यस्ता व्यवसायको नियमित अनुगमन र उत्प्रेरणा गर्नुपर्नेमा जोड दिनुभयो ।  

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…