Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर
ADVERTISEMENT

नेपालगन्ज, जेठ २४ । नेपालगन्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ ।

वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम आज वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्रबाट सुरुवात गरिएको छ ।

कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा संचालित शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण पोजिटिभु देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।

नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ ।

वडा नम्बर २३ बाट सुरु भएको शिविर उद्घाटन कार्यक्रम वडा अध्यक्ष जबर अली बेहनाको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस अवसरमा बोल्दै खड्काले आफ्नो समस्या खुलेर बताउन महिलाहरुलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर गर्दै आएको बताउनुभयो । वडा नम्बर २३ मा भेरी अस्पतालकी मेडिकल अधिकृत डा। समिक्षा चन्दले स्वास्थ्य जाँच गरेको स्वास्थ्य महाशाखाकी सिनियर अनमी निरीक्षक प्रेम कुमारी विसीले जानकारी दिनुभयो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…