Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर
ADVERTISEMENT

नेपालगन्ज, जेठ २४ । नेपालगन्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ ।

वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम आज वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्रबाट सुरुवात गरिएको छ ।

कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा संचालित शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण पोजिटिभु देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।

नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ ।

वडा नम्बर २३ बाट सुरु भएको शिविर उद्घाटन कार्यक्रम वडा अध्यक्ष जबर अली बेहनाको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस अवसरमा बोल्दै खड्काले आफ्नो समस्या खुलेर बताउन महिलाहरुलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविर गर्दै आएको बताउनुभयो । वडा नम्बर २३ मा भेरी अस्पतालकी मेडिकल अधिकृत डा। समिक्षा चन्दले स्वास्थ्य जाँच गरेको स्वास्थ्य महाशाखाकी सिनियर अनमी निरीक्षक प्रेम कुमारी विसीले जानकारी दिनुभयो ।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…