Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बैजनाथमा किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी

सम्वाददाता

सम्वाददाता

बैजनाथमा किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी
ADVERTISEMENT

नेपालगन्ज, १२ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले ठुलो बजेट बिनियोजन गरेको जनाएको छ । 

बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषि पेशामा आवद्ध छन् । किसानलाई कृषि मै आत्मनिर्भर गराउनको लागि किसानको घरदैलोमा पुगेर किसानको आत्मबल बढाउने गरेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बैजनाथ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर निरन्तर काम गर्दै आएको कारण किसानको गुनासोलाई समाधान गर्न किसानको घरदैलो मै पुग्ने गरिएको छ । 

७० प्रतिशत पालिकाको लगानीमा किसानलाई अनुदानको कार्यक्रम बितरण गर्दै आएको छ । यसले किसानलाई कृषि कर्म गर्न सहज गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो । उहाँका अनुसार बैजनाथ गाउँपालिकाले वडा नम्बर २ र ३ लाई मकै पकेट क्षेत्र र ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । 

गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनका लागि ४ वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको हो । कृषकलाई आवश्यक बिउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरि कृषकका लागि अनुदानसँगै सिँचाइ व्यवस्थापन गर्न दीर्घकालीन योजना बनाएर लागेको अध्यक्ष शाहीले बताउनुभयो  । 

गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माका अनुसार आवश्यकता आधारमा यहाँका प्रत्येक किसानका लागि समय समयमा कृषि र पशु पालनतर्फ विभिन्न तालिम, गोष्ठि र कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
–––

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…