Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज ४ जेठ । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्धारा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधीले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका थिए । 

उनीहरुले डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिएकाले मातृ मृत्युदरमा घटाउनका लागि रणनिति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउनुपर्ने बताएका थिए । समुदायस्तरमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरि महिलाहरुलाई सचेत बनाउनुनपर्ने डुडुवा ५ नं. का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो । 

निर्देशनालयले प्रस्तुत गरेको तथ्याँक अनुसार लुम्बिनी प्रदेशमै बाँके जिल्ला संस्थागत प्रसुति दर उच्च रहेपनि मातृ मृत्युदर बढेको पाइएको छ । संस्थागत प्रसुति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् भने डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वलीले बताउनुभयो । उहाँको अनुसार डुडुवामा आर्थिक वर्ष २०८०÷०८१ मा दुई जना आमाको ज्यान गएको छ । 

बाँकेमा मातृ मृत्यु हुनुमा समुदायस्तरमा जनचेतनाको कमी, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता नपर्नु, धेरै पटक गर्भवती हुनु, सन्तुलित आहारको कमी, प्रसुती केन्द्रमा ल्याब सेवा तथा आरयुएसजीको प्रावधान नहुनु, घरमै बच्चा जन्माउनुलगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । 

कार्यक्रममा डुडुवाका वार्ड नं. ३ का अध्यक्ष आमोद तिवारी, ५ का अध्यक्ष झंकबहादुर थापा, ६ का अध्यक्ष मोहनराम मिश्र, कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानी, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका निर्देशक रेशम बहादुर राना लगायतले बोल्नुभएको थियो । 


 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…