Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

आत्मनिर्भर बन्दै खजुराका किसान

सम्वाददाता

सम्वाददाता

आत्मनिर्भर बन्दै खजुराका किसान
ADVERTISEMENT

नेपालगन्ज, १७ चैत : बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरु कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । 

उनीहरुले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गरेका छन् । बाँकेको खजुरा गाउँपालिका–३ बि गाउँका कृषक राजकुमार गुरुङले तरकारी विक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगन्ज लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो ।     “तरकारी उत्पादन राम्रै गरेका छौँ, आम्दानी ठिकै छ तर उत्पादन भएको तरकारी बजारसम्म लैजान ढुवानीको समस्या छ”, उहाँले भन्नुभयो, “बल्लतल्ल ढुवानीको साधन जोहो गरेर तरकारी बजारमा पु¥यायो व्यापारीलाई कमिसन दिनुपर्छ ।” 

नेपालगञ्जका ठूला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा कृषक मर्कामा परेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेका तरकारी अग्र्यानिक हुन्छन्, सस्तो पनि हुन्छ”, कृषक गुरुङले भन्नुभयो, “व्यापारीले भारतबाट ठूलो मात्रामा तरकारी ल्याउँदा हामीले उत्पादन गरेका तरकारीले भाउ पाउँदैन, थोक व्यापारीले लिन मान्दैनन् अनि बाध्यताले कमिसन दिनुपर्छ ।” 

तरकारी बिक्री गरीदिन थोक व्यापारीलाई सयकडा आठ प्रतिशत सम्म कमिसन दिनुपर्ने बाध्यता रहेको कृषकको गुनासो छ । अर्का किसान पदमबहादुर रानाले पनि गुरुङकै जस्तो समस्या भोगेको बताउनुभयो । विगत २७ वर्षदेखि कृषि पेसा गर्नुभएका रानाले कृषि फर्ममार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दै आउनुभएको छ । 

“तरकारी र फलफूलजन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौँ, आम्दानी राम्रै छ,” किसान रानाले भन्नुभयो, “तर उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या छ, सवारी साधन छैन, भाडाको सवारी खोजेर कोहलपुर र नेपालगञ्जसम्म तरकारी पु¥याउनुपर्छ ।” 

कृषि समूहलाइ अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएको छ । बाँके युनेस्को क्लबले पानी तान्ने ठूलो समरसेल मोटर र पाइप सहयोग गरेको रानाले छ । खजुरा–३ बी गाउँको हरियाली कृषक समूहमा २२ जना किसान आबद्ध छन् । उनीहरुलाइ पालिकाले रु छ लाख अनुदान दिएको छ । समूहमा आबद्ध हरेक किसानले तीनदेखि पाँच बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । 

पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तूफान’ले बताउनुभयो । उहाँले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगञ्जलाइ आवश्यक तरकारीको माग पूरा गर्न सक्ने बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीतिअनुसार काम गर्दै आएको छ । अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउनुभयो । खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेटका रुपमा विकास हुँदै गएको छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…