Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

आत्मनिर्भर बन्दै खजुराका किसान

सम्वाददाता

सम्वाददाता

आत्मनिर्भर बन्दै खजुराका किसान
ADVERTISEMENT

नेपालगन्ज, १७ चैत : बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरु कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । 

उनीहरुले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गरेका छन् । बाँकेको खजुरा गाउँपालिका–३ बि गाउँका कृषक राजकुमार गुरुङले तरकारी विक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगन्ज लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो ।     “तरकारी उत्पादन राम्रै गरेका छौँ, आम्दानी ठिकै छ तर उत्पादन भएको तरकारी बजारसम्म लैजान ढुवानीको समस्या छ”, उहाँले भन्नुभयो, “बल्लतल्ल ढुवानीको साधन जोहो गरेर तरकारी बजारमा पु¥यायो व्यापारीलाई कमिसन दिनुपर्छ ।” 

नेपालगञ्जका ठूला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा कृषक मर्कामा परेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेका तरकारी अग्र्यानिक हुन्छन्, सस्तो पनि हुन्छ”, कृषक गुरुङले भन्नुभयो, “व्यापारीले भारतबाट ठूलो मात्रामा तरकारी ल्याउँदा हामीले उत्पादन गरेका तरकारीले भाउ पाउँदैन, थोक व्यापारीले लिन मान्दैनन् अनि बाध्यताले कमिसन दिनुपर्छ ।” 

तरकारी बिक्री गरीदिन थोक व्यापारीलाई सयकडा आठ प्रतिशत सम्म कमिसन दिनुपर्ने बाध्यता रहेको कृषकको गुनासो छ । अर्का किसान पदमबहादुर रानाले पनि गुरुङकै जस्तो समस्या भोगेको बताउनुभयो । विगत २७ वर्षदेखि कृषि पेसा गर्नुभएका रानाले कृषि फर्ममार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दै आउनुभएको छ । 

“तरकारी र फलफूलजन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौँ, आम्दानी राम्रै छ,” किसान रानाले भन्नुभयो, “तर उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या छ, सवारी साधन छैन, भाडाको सवारी खोजेर कोहलपुर र नेपालगञ्जसम्म तरकारी पु¥याउनुपर्छ ।” 

कृषि समूहलाइ अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएको छ । बाँके युनेस्को क्लबले पानी तान्ने ठूलो समरसेल मोटर र पाइप सहयोग गरेको रानाले छ । खजुरा–३ बी गाउँको हरियाली कृषक समूहमा २२ जना किसान आबद्ध छन् । उनीहरुलाइ पालिकाले रु छ लाख अनुदान दिएको छ । समूहमा आबद्ध हरेक किसानले तीनदेखि पाँच बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । 

पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तूफान’ले बताउनुभयो । उहाँले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगञ्जलाइ आवश्यक तरकारीको माग पूरा गर्न सक्ने बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीतिअनुसार काम गर्दै आएको छ । अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउनुभयो । खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेटका रुपमा विकास हुँदै गएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…