Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

किशोरीमा रक्तअल्पताको समस्या

सम्वाददाता

सम्वाददाता

किशोरीमा रक्तअल्पताको समस्या
ADVERTISEMENT

नेपालगन्ज, ११ फागुन : बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो । 

उहाँका अनुसार उनीहरुमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो । कोहलपुर नगरपालिका–१ को कृष्ण मावि कौशिल्यानगरमा दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नं १२ स्थित ज्ञानज्योति माविका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो । 

रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन चक्की खुवाउन सुभाव दिइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन देवनारायण उपाध्यायले बताउनुभयो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो । शरीरमा भएको रगतमा सामान्यभन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शरीरिक र मानसिक विकासमा बाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्ने जोखिम रहने चिकित्सक बताउँछन् । 

थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओँठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरण शक्ति कम हुनु, अलि काम गर्दा पनि स्वाँ–स्वाँ हुनु, मुटु ढुकढुक हुनु, कहिलेकाहीँ रिङ्गटा लाग्नु, मुर्छा पर्नुलगायत लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने वरिष्ठ फिजिसियन कन्सलटेन्ड डा प्रकाश नागले बताउनुभयो । 

उहाँका अनुसार दैनिक खानामा हरियो सागपात, तरकारी र कलेजोजस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानु, अमला, कागती, भोगटे, सुन्तलाजस्ता भिटामिन ‘सी’ भएका खानाहरू र अन्य अमिला फलपूmलहरू कम खानु, खानेकुराको साथमा चिया, कफी, सुर्तीजन्य पदार्थ, जाँडरक्सी बढी खाएर शरीरमा फलाम तत्वको राम्रो शोषण हुन नसक्नु यसका कारण हुन् । 
–––

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…