Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

किशोरीमा रक्तअल्पताको समस्या

सम्वाददाता

सम्वाददाता

किशोरीमा रक्तअल्पताको समस्या
ADVERTISEMENT

नेपालगन्ज, ११ फागुन : बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो । 

उहाँका अनुसार उनीहरुमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो । कोहलपुर नगरपालिका–१ को कृष्ण मावि कौशिल्यानगरमा दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नं १२ स्थित ज्ञानज्योति माविका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो । 

रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन चक्की खुवाउन सुभाव दिइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन देवनारायण उपाध्यायले बताउनुभयो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो । शरीरमा भएको रगतमा सामान्यभन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शरीरिक र मानसिक विकासमा बाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्ने जोखिम रहने चिकित्सक बताउँछन् । 

थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओँठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरण शक्ति कम हुनु, अलि काम गर्दा पनि स्वाँ–स्वाँ हुनु, मुटु ढुकढुक हुनु, कहिलेकाहीँ रिङ्गटा लाग्नु, मुर्छा पर्नुलगायत लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने वरिष्ठ फिजिसियन कन्सलटेन्ड डा प्रकाश नागले बताउनुभयो । 

उहाँका अनुसार दैनिक खानामा हरियो सागपात, तरकारी र कलेजोजस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानु, अमला, कागती, भोगटे, सुन्तलाजस्ता भिटामिन ‘सी’ भएका खानाहरू र अन्य अमिला फलपूmलहरू कम खानु, खानेकुराको साथमा चिया, कफी, सुर्तीजन्य पदार्थ, जाँडरक्सी बढी खाएर शरीरमा फलाम तत्वको राम्रो शोषण हुन नसक्नु यसका कारण हुन् । 
–––

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…