Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

सम्वाददाता

सम्वाददाता

अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड
ADVERTISEMENT

नेपालगन्ज, ८ फागुन । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत सरोकारवालासंग समिक्षा र प्रगति बैठकमा खास गरी अल्पसंख्यक समुदायभित्र पनि महिला, बालवालिका र बालविवाहका मुद्दा गम्भिर र संवेदनशिल रहेको सम्पादकहरुले बताएका थिए । 

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा गोरेटो अनलाईनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त संघर्ष गर्नसक्ने, बिचार प्रवाह गर्नसक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो, भन्नुभयो ।

महासंघ बाँकेका पूर्व अध्यक्ष तथा दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले अल्पसंख्यक समुदायका पत्रकारहरुलाई निरन्तर पत्रकारितामा लाग्न आग्रह गर्दै पत्रकारिता पेशा अन्य पेशा भन्दा फरक पेशा भएको बताउनुभयो । उहाँले अल्पसंख्यक समुदायभित्रकै पत्रकारका लागि राम्रो अवसर र सम्भावना भएकाले मिडियामा काम गर्न आग्रह गर्नुभयो ।

कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले विषय बस्तुको गहिराईमा पुगेर काम गर्न आवश्यक भएको भन्दै अल्पसंख्यक समुदायका मुद्दालाई संचारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अल्पसंख्यक समुदायको शसक्तिकरणले यो समुदाय मिडियाको मूल प्रवाहमा आउने उल्लेख गर्दै पत्रकारितामा दिगो रुपमा लाग्ने काम सहज नभएको बताउनुभयो । 

बागेश्वरी पोष्ट अनलाईनका सम्पादक नवीन गिरीले पत्रकारितामा मौलाएका विकृतिको चर्चा गर्दै अल्पसंख्यक समुदायका पत्रकारहरुले उठाएका विषय गम्भिर रुपमा उठेको बताउनुभयो । 

त्यसक्रममा कार्यक्रमको समापन गर्दै लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अल्पसंख्यक समुदायका मुद्दालाई सो समुदायले मात्रै गहन अध्ययन गर्न सक्ने उल्लेख गर्दै सत्य, तथ्य समाचार मात्र प्रकाशन हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो“ कतिपय अवस्थामा भ्रमपूर्ण समाचार पनि बाहिर आएका हुन्छन तर वास्तविक समाचार मात्रै बाहिर आउन आवश्यक छ” पत्रकारहरुले समाजलाई सचेत बनाउने काम गरिरहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका जनजिविकासंग जोडिएका समस्यासहितको सवाललाई पत्रकारले पहिलो प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारीले अल्पसंख्यक समुदायका मुद्दालाई अझ वढी प्राथमिकता दिन आग्रह गर्दै पत्रकारहरु स्वंय क्रियाशिल हुन आवश्यक भएकोमा जोड दिनुभयो । कार्यक्रममा अधिबक्ताहरु केवलसिंह थारु, हिरालाल श्रेष्ठ, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा द एशिया फाउण्डेन बुटवल कार्यालयका रघुनाथ राना र एन्जिना पन्थीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार कृष्ण अधिकारी संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम संयोजक रविन्द्रकुमार ज्ञवालीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । 

संस्थाले सञ्चालन गरेको परियोजना अन्र्तगत लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देही जिल्लावाट थारु र अवधी भाषी १५ जना पत्रकारहरुले विभिन्न सवालहरुमा खोजमुलक स्टोरीहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशन गर्नुभएको छ । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…