Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

सरकारी अनुदानको एक सय ३० बोरा मल बाटोबाट गायब

सम्वाददाता

सम्वाददाता

सरकारी अनुदानको एक सय ३० बोरा मल बाटोबाट गायब
ADVERTISEMENT

नेपालगन्ज, १२ माघ : नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरुका लागि पठाइएको मल बाटोबाट गायब गरि दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । 

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ–९ गते बुझिलिएको दुई सय बोरा (प्रति बोरा ५० किलो) नेपाल सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै युरिया मल फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भरपाई पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादर गुरुङको नेतृत्वमा बाणिज्य, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनिका प्रमुख समेतको सहभागितामा विहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गर्दा यस्तो कैफियत पाइएको हो । 

उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन बमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल शिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मल बारेमा सात दिनभित्र स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । 

नेपाल सरकारद्वारा अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वको आकस्मिक अनुगमन गरेको हो । 
 


        

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…