Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नेपालगन्ज महोत्सवमा ज्योतीको प्रस्तुती

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज महोत्सवमा ज्योतीको प्रस्तुती
ADVERTISEMENT

नेपालगन्ज १२ पुस ।  चर्चित लोक दोहारी गायीका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै ‘तलपनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी बिरालो’ बोलको गीत गाएपछि नेपालगन्जका दर्शक मसक्कै भएका थिए ।

 ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै, खोली भित्र पानी चोली भित्र जवानी, सुर्खेत बुलबुल जाउला नाचौला मादलको तालैमा, नाकको फुलि कानैमा झुम्काना यसै काहा पाइन्छ र उम्कन उइ  मुलाको सिन्की उइ मुलाकी चाना, तलपनि पिरालो माथि पनि  चोरी खान पल्केको त्यो सेक्सी बिरालो,  जाले रुमाल सोल्टीलाई बैना भो, चान चुने त काहा होला र जिमल बाउकी छोरी अधेरी मा लाको माया काली छैन गोरी’ लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । गायीका ज्योतीको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । 

ज्योतीले जिस्काउदै आई लभ यू सोल्टी भनेर गीत गाएपछि महोत्सवका दर्शक झन् बढी झुमी झुमी नाचेका थिए । ज्योतीले करिब दर्जन बढि आफ्ना र्चिर्चत चर्चित गित गाएर महोत्सवमा सहभागी दर्शक महोत्सव स्थलमा बस्न बाध्य बनेका थिए । गायक तथा उद्घोषक दिपु मगरको प्रस्तुतीमा पनि  दर्शक निकै रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुती रहने आयोजक ए।जि। सर्भिस प्रा।लि।का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । 

उक्त महोत्सव  पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र मोडल बिजय पुनले  संचालन गरेका थिए ।

यस्तै आज नेपालगन्ज महोत्सवमा चर्चित गायक कुलेन्द्र बि।क, गायक श्रीनिवास थारु, गायिका रुपा घर्ति मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…