Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

विपन्न किसान समुहलाई साना सिंचाई सुविधा हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

विपन्न किसान समुहलाई साना सिंचाई सुविधा हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ । 

खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर किसान समुहलाई हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

बाँके युनेस्को क्लबले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपाने र कार्यक्रम संयोजक बिनिता आर।सी। लगायतको सहभागिता रहेको थियो ।  

विपन्न र गरिब किसानहरु सम्मिलित समुहले सिँचाइ सुविधा पाएपछि किसानहरु निकै हर्षित भएको र यसको उचित उपयोग र समयमै मर्मतसम्भार गर्ने आश्वासन समेत उनिहरुले दिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

कतार च्यारिटि नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद शेखले सिचाई सुविधा पाएपछि तरकारी लगायतका कृषि उत्पादन बढ्ने र त्यसबाट हुने आर्थिक सक्षमताले उनीहरूलाई आफ्ना छोराछोरीलाई शिक्षा दिन र परिवारका अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न थप सक्षम बनाउने बताउनुभयो । 

सोही प्रकारले कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले साना सिँचाइ सुविधाले आवश्यकताको समयमा बालीकालागि पानी उपलब्ध गराउने भएकाले किसान समूहले वर्षाको पानीमा भर पर्नु नपर्ने बताउनुभयो । 

बाँके युनेस्को क्लबले कतार च्यारिटि नेपालको सहयोगमा बाँके जिल्लामा गरिब र विपन्न परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।   

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…