Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भेरी शीत भण्डारले किसानलाई सहजता

सम्वाददाता

सम्वाददाता

भेरी शीत भण्डारले किसानलाई सहजता
ADVERTISEMENT

नेपालगन्ज १ पुस स् पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो ।

कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफुल पनि भण्डारण गर्ने गरिएको छ । 

“भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँं, भक्तपुर, नारायणघाट, हेटाँैडासम्म लैजानुपर्ने बाध्यता थियो”, अध्यक्ष भट्टराईले भन्नुभयो, “बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो । अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।”

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेहेन्द्र धितालले बताउनुभयो । “शीत भण्डारले आलुको बीउ जोगाइदिएर किसानलाई बरदान सावित भएको छ”, उहाँले भन्नुभयो, “यसअघि बीउ जोगाउन काठमाडौँं, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।”

यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताउनुभयो । “विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ”, उहाँले भन्नुभयो, “पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठूलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गर्नुभयो । विसं २०५१÷५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब छ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजार सात सय १४ शेयर सदस्य रहेका छन् । कूल शेयर पुँजी रू ९७ लाख ४९ हजार पाँच सय रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उहाँको भनाइ थियो । 

“अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।” जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उहाँको भनाइ थियो ।

आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताउनुभयो । कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उहाँको भनाइ थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…