Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

नेपालगन्जमा इ–रिक्साको समस्याले टाउको दुखाई

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा इ–रिक्साको समस्याले टाउको दुखाई
ADVERTISEMENT

नेपालगन्ज, १२ मङ्सिर । नेपालगन्जमा सडक दुर्घटना बढाउने मुख्य सवारी इ–रिक्सालाई लिन सकिन्छ । नेपालगन्जमा पाइले पिच्छे इ–रिक्सा भेटिन्छन । 

रिक्सा कहाँबाट आए, दैनिक करिब ४० प्रतिशत रिक्सा दिनभरि एक दुई जना यात्रु बोकेर सायद खाली नै बजारका सडकमा दौडिरहेको दृश्य देखिन्छ । अव्यवस्थित इ–रिक्साले सबैको टाउको दुखाएको छ भने मुख्य सरोकारवाला निकायको त दिमाक खराब भएको छ । व्यवस्थापन गर्न चुनौती बनेको छ । 

रिक्साको खराब कन्डिसन, साईड लाइट, हेडलाईट हर्न समेत बजदैन, भारतबाट आउने बालकहरुले विना चालक अनुमतीपत्र लिएर चलाउने, ट्राफिक नियमको जानकारी नभएको जताततै अव्यवस्थित रुपमा गरिने पार्किङलगायतका मुख्य समस्या बनेको छ । 

नेपालगन्जमा इ–रिक्सा सहजै व्यवस्थापन गर्न सकिने सामाजिक अभियन्ता डा विनोद कर्ण बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालगन्जमा रिक्सा व्यवस्थापन गर्न सकिन्छ तर इच्छा र चाहना हुनुपर्दछ, यो काम त स्थानीय सरकारको हो नि ? गर्न सक्नु परयो ? ।

नेपालगन्जमा चल्ने इ–रिक्सालाई आवश्यकता अनुसार मात्रै स्थानीय तहको सिफारिसमा दर्ता गर्ने, रातो प्लेट निजी रिक्सालाई भाडाका लागि कालो प्लेट बनाउने, इ रिक्सा चालकको उमेर १८ वर्ष पुरा भई र चालक अनुमती पत्र लिएको हुनुपर्ने, नेपालगन्जका विभिन्न स्थानमा पार्किङका लागि रिक्सा जोन बनाउनुपर्ने सामाजिक अभियन्ता कर्णको भनाई छ । 

रिक्सा व्यवस्थापनका लागि स्थानीय सरकारले नीति र कानूनबमोजिम कडा रुपमा अघि बढेमा अवश्य यो समस्या समाधान हुने अभियन्ता कर्णले बताउनुभयो । 

इ–रिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले अहिले विशेष चासो देखाएको छ । प्रहरी प्रशासनको सहयोगमा उपमहानगरपालिकाले छलफल गरि कडा कारवाहीतर्फ अघि बढेको छ । पछिल्लो समय जथाभावी पार्किङका कारण सडक नै कुरुप देखिने गरेको छ भने दुर्घटनाको जोखिम पनि उच्च रहेको छ ।

जसलाई कम गर्न रिक्सा चालकहरुले बनाईएका मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । नेपालगन्जमा १२ हजार बढीको हाराहारीमा ई–रिक्साको संख्या अनुमान गरिएता पनि यकिन तथ्यांक उप–महानगरसँग छैन । जम्मा २७ सय ई–रिक्सा मात्र उप–महानगर पालिकामा सुचिकृत रहेका छन । 

विगतमा देखिएका कमि कमजोरीबाट सिक्दै नेपालगन्ज नगरमा ई–रिक्सा व्यवस्थापनका लागि चरणवद्ध रुपमा आफुहरुले काम गरेको ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा चालकहरुलाई अस्थायी अनुमती पत्र वितरण गर्ने, उपमहानगरपालिकामा सुचिकृत गर्ने, बिमा अनिवार्य गर्ने र अभिमुखिकरण कार्यक्रमलाई अगाडी बढाउने योजना रहेको अध्यक्ष ठकुरीले जानकारी गराउनुभयो । 
 
ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…