Pairabi logo

असोज २८, २०८३, बुधबार                    

नेपालगन्जमा इ–रिक्साको समस्याले टाउको दुखाई

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा इ–रिक्साको समस्याले टाउको दुखाई
ADVERTISEMENT

नेपालगन्ज, १२ मङ्सिर । नेपालगन्जमा सडक दुर्घटना बढाउने मुख्य सवारी इ–रिक्सालाई लिन सकिन्छ । नेपालगन्जमा पाइले पिच्छे इ–रिक्सा भेटिन्छन । 

रिक्सा कहाँबाट आए, दैनिक करिब ४० प्रतिशत रिक्सा दिनभरि एक दुई जना यात्रु बोकेर सायद खाली नै बजारका सडकमा दौडिरहेको दृश्य देखिन्छ । अव्यवस्थित इ–रिक्साले सबैको टाउको दुखाएको छ भने मुख्य सरोकारवाला निकायको त दिमाक खराब भएको छ । व्यवस्थापन गर्न चुनौती बनेको छ । 

रिक्साको खराब कन्डिसन, साईड लाइट, हेडलाईट हर्न समेत बजदैन, भारतबाट आउने बालकहरुले विना चालक अनुमतीपत्र लिएर चलाउने, ट्राफिक नियमको जानकारी नभएको जताततै अव्यवस्थित रुपमा गरिने पार्किङलगायतका मुख्य समस्या बनेको छ । 

नेपालगन्जमा इ–रिक्सा सहजै व्यवस्थापन गर्न सकिने सामाजिक अभियन्ता डा विनोद कर्ण बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालगन्जमा रिक्सा व्यवस्थापन गर्न सकिन्छ तर इच्छा र चाहना हुनुपर्दछ, यो काम त स्थानीय सरकारको हो नि ? गर्न सक्नु परयो ? ।

नेपालगन्जमा चल्ने इ–रिक्सालाई आवश्यकता अनुसार मात्रै स्थानीय तहको सिफारिसमा दर्ता गर्ने, रातो प्लेट निजी रिक्सालाई भाडाका लागि कालो प्लेट बनाउने, इ रिक्सा चालकको उमेर १८ वर्ष पुरा भई र चालक अनुमती पत्र लिएको हुनुपर्ने, नेपालगन्जका विभिन्न स्थानमा पार्किङका लागि रिक्सा जोन बनाउनुपर्ने सामाजिक अभियन्ता कर्णको भनाई छ । 

रिक्सा व्यवस्थापनका लागि स्थानीय सरकारले नीति र कानूनबमोजिम कडा रुपमा अघि बढेमा अवश्य यो समस्या समाधान हुने अभियन्ता कर्णले बताउनुभयो । 

इ–रिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले अहिले विशेष चासो देखाएको छ । प्रहरी प्रशासनको सहयोगमा उपमहानगरपालिकाले छलफल गरि कडा कारवाहीतर्फ अघि बढेको छ । पछिल्लो समय जथाभावी पार्किङका कारण सडक नै कुरुप देखिने गरेको छ भने दुर्घटनाको जोखिम पनि उच्च रहेको छ ।

जसलाई कम गर्न रिक्सा चालकहरुले बनाईएका मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । नेपालगन्जमा १२ हजार बढीको हाराहारीमा ई–रिक्साको संख्या अनुमान गरिएता पनि यकिन तथ्यांक उप–महानगरसँग छैन । जम्मा २७ सय ई–रिक्सा मात्र उप–महानगर पालिकामा सुचिकृत रहेका छन । 

विगतमा देखिएका कमि कमजोरीबाट सिक्दै नेपालगन्ज नगरमा ई–रिक्सा व्यवस्थापनका लागि चरणवद्ध रुपमा आफुहरुले काम गरेको ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा चालकहरुलाई अस्थायी अनुमती पत्र वितरण गर्ने, उपमहानगरपालिकामा सुचिकृत गर्ने, बिमा अनिवार्य गर्ने र अभिमुखिकरण कार्यक्रमलाई अगाडी बढाउने योजना रहेको अध्यक्ष ठकुरीले जानकारी गराउनुभयो । 
 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…