Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नेपालगन्जमा सुनिल सिंहको ओपन कन्सर्ट हुँदैं

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा सुनिल सिंहको ओपन कन्सर्ट हुँदैं
ADVERTISEMENT

नेपालगन्ज, २१ कार्तिक । आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ । 
कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक हुन सुनिल सिंह ठकुरी । ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताउनुभयो । 
कालपृष्ठ दैनिकका संचालक एवम् कन्र्सट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ दैनिकले कन्र्सट आयोजना गरेको बताउनुभयो । 
‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्र्सटले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्र्सटबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ पत्रकार सम्मेलनमा खत्रीले बताउनुभयो।

कन्सर्टमा सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । नेपालगन्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्सर्टमा प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बतानुभयो । कार्यक्रम स्थलमा फुड स्टिलसमेत राखिने छ । 

उक्त कन्र्सटले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताउनुभयो ।कन्सर्टको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।  

हालसम्म कन्सर्ट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ । गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् ।

हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो । 

सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो ।

उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…