Pairabi logo

असोज २६, २०८३, सोमबार                    

औषधिको गुणले पनि भरिपुर्ण जमरा

डेक्स

डेक्स

औषधिको गुणले पनि भरिपुर्ण जमरा
ADVERTISEMENT

काठमाडौं ७ कार्तिक : दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ।

शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशै‌मा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको रुपमा छर्ने गरिन्छ।

धार्मिक हिसाबमा जमरा राख्ने आफ्नै आफ्नै संस्कृति छ। यसरी घटस्थापनाका दिन विभिन्न धार्मिक विधि अपनाएर राखिएको पहेलो जमरा टीकाको दिन टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदैँ मान्यजनहरूले लगाइदिने परम्परा रहेको छ।  धार्मिक हिसाबले जमरालाई समृद्धिको प्रतीक मानिएका छन्।

तर दशैंमा जमराको जति महत्व छ स्वास्थ्यको हिसाबले पनि जमराको उत्तिकै महत्व रहेको छ। जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुँदैन। नियमितरुपमा जमराको अचार, सलाद, तरकारी, जुस सेवन गर्नाले हाम्रो शरिरमा आवश्यक पर्ने विभिन्न तत्वहरु पाइन्छ।

पहेलो जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधि हो, जसले स्वास्थ्यका लागि निकै फाइदा पुर्‍याउँछ। गहुँको जमरा प्राचीनकालदेखि नै लोक तथा आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुँदै आएको छ। यसलाई अहिले आधुनिक चिकित्सामा समेट्ने समेत प्रयास गरिँदै छ। बजारमा बट्टामा बन्द गरिएका जमराका केही जुसहरू पनि पाइन्छन्। यसलाई घरमै पनि तयार गर्न सकिन्छ।

जमरामा विशेषगरी भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ जमराले कलेजमा भएको विषाक्त पदार्थलाई हटाउन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन, पाचन शक्ति मजबुत बनाउन, रगत सफा राख्न मद्दत गर्छ ।

क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउने हुनाले मधुमेहलाई फाइदा गर्छ। यस्तै जमरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, प्रोटिन पनि पाउने गरिन्छ। ससले गर्दा जमरा दशैंमा धार्मिक हिसाबले जति महत्वपूर्ण छ। स्वास्थ्यको हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको पाइन्छ।

जमराको जुसमा भिटामिन ए, बी, सी, ई, थाइमिन,  फलाम, पोलीफिनोल, क्लोरोफिल तथा खनिज प्रसस्त पाइन्छ। जसले कलेजोको विषाक्त हटाउँछ, साथै आन्द्रा सफा गर्न मद्दत गर्छ।

यस्तै शरीरमा रगतको मात्रा बढाउन र रगत शुद्ध गर्न उपयोगी छ। रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ जसले गर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ।

यसका साथै युरिक एसिड र उच्च रक्तचाप कम गर्न,आँखाको ज्योति बढाउँछ।अनुहारको कालो पोतो, दाग हटाउन मद्दत गर्दछ। क्लोरोफिल मुटुको धमनीलाई स्वस्थ राख्न सहयोग गर्छ। तर जमराको जुस सेवन गर्दा चिकित्सको सल्लाहमा मात्रै सेवन गर्नु पर्छ।

जमराको जुस सेवन गर्दा उमेरअनुसार सेवन गर्नुपर्छ। प्रौढका लागि ३० देखि १०० मिलिलिटर उपयुक्त हुन्छ। यसको सेवन सकेसम्म खाली पेटमा बिहान तथा बेलुका गर्ने गरिन्छ। रक्तअल्पता, ठूलो आन्द्राको घाउ, कब्जियत, मोटोपन, मधुमेह ९चिनी रोग०, असन्तुलित चिल्लोपन, उच्चरक्तचाप, अर्बुद, ल्युकेमिया, मुख, घाँटी, प्रोस्टेट, स्तनको समस्या, माइग्रेन, तनाव, अनिद्रा, थाइराइडको गडबडी, महिनावारीको गडबडी, वाथ, जोर्नी दुखाई, छाला  तथा कपालको रोग भएकाहरूका लागि धेरै पाइदा गर्छ।

यस्तै, जमराको जुसले  शरीरको वृद्धि तथा निर्माणमा मद्दत गर्छ। बुढ्यौली रोक्न, घाउ निको पार्न र विषाक्त पदार्थलाई निस्कासन गर्न पनि सहयोग गर्छ। अध्ययनका अनुसार केमोथेरापी तथा रेडियोथेरापीको असर कम गर्न पनि नियमित जमराको जुस सेवन गर्नाले सहयोग गर्छ।

मात्रा: २०-३० मि. लि. दिनमा १ वा २ पटक खालि पेटमा। वा चिकित्सकको सल्लाह बमोजिम खाने गर्दा धेरै राम्रो हुन्छ। (साभार : थाहा खबर) 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…