Pairabi logo

असोज २१, २०८३, बुधबार                    

भारतीय बजारमा किनमेल गर्नेको भीड

डेक्स

डेक्स

भारतीय बजारमा किनमेल गर्नेको भीड
ADVERTISEMENT

हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ । महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामिनसक्नुछ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा हेल्प डेस्कनै स्थापना गरेर उनीहरूलाई भन्सार राजस्व तिर्न लगाउन शुरु गरेको छ । तर, पनि किनमेलका लागि सीमापारि जाने नेपालीहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

भारतबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेहरूसँग नेपालगञ्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाइ पनि शुरु गरेको छ । पछिल्लो समयमा भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याइरहेका छन् ।

सीमापारि सामान खरिदका लागि जाने नेपालगञ्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकोले उतैबाट ल्याउने गरेको जनाएका छन् ।

नाकामा भेटिनु भएका कोहलपुर १० का उपभोक्ता जीवन परियारले सीमापारिबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगञ्ज र कोहलपुरभन्दा निकै सस्तो परेकोले ल्याएको बताउनुभयो । 

उहाँले नेपालगञ्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकोले बाध्य भएर सीमापारि गएर सामान ल्याउनु परेको बताउनुभयो। नेपाली उपभोक्तालाई सीमापारि जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान बिक्री गर्नु पर्ने परियारको सुझाव छ ।

नाकामा गएर हो हल्ला गर्दैमा वा हेल्प डेस्क राख्दैमा सीमापारिबाट हुने खरिदारी नरोकिने अधिकांश उपभोक्ताको भनाई छ । नेपालगञ्ज ११ का मुबारक सिद्धिकीले रुपईडिहाबाट ल्याएको धेरैजसो उपभोग्य सामानको भन्सार तिरेर ल्याउँदा पनि यहाँभन्दा सस्तो पर्ने गरेकोले आफूले राजस्व तिरेर चामल, दाल, चिनी लगायतका उपभोग्य सामान ल्याउने गरेको बताउनुभयो । 

उहाँले नेपालगञ्जका व्यवसायीले मूल्य नियन्त्रण र एकरूपता नगरेसम्म यहाँको बजार सुनसान नै रहने बताउनुभयो । चाडपर्व नजिकिएकोले अहिले रुपईडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्तानै देख्न सकिन्छ ।

रुपैडिहाका व्यवसायी दीपक अग्रवालले अहिले धेरै ठुलो सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आइरहेकोले एक मिनट पनि फुर्सद नपाइएको जनाउँदै अन्य दिनको तुलनामा अहिले तेब्बर भन्दा बढी बिक्री बढेको बताउनुभयो । 

उहाँले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाउ र दाङ तथा सुर्खेतसम्मबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ताहरू यहाँ आइरहेको बताउनुभयो । 

रूपईडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले अहिले त्यहाँ दैनिक ५ करोड भन्दा बढीको कारोबार हुने अनुमान गरेको छ ।

सीमापारिको बजारमा अत्यधिक भिड भएपनि हालसम्म नेपालगञ्जमा भने खासै चहल–पहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा चहलपहल नबढेको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताउनुभयो । सोही प्रकारको भनाई नगरका अन्य व्यवसायीको पनि छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि नेपालगञ्ज सुनसान र सीमापारि भिडभाड कसरी भयो भन्ने कुराको अनुसन्धान गरिरहेको जनाएको छ । सङ्घका अध्यक्ष टङ्क धामीले भन्सारमा झनै कडाइ गर्नुपर्ने जनाउँदै नेपालगञ्जका व्यवसायीले सामानको के कस्तो मूल्य निर्धारण गरेका छन् त्यसको पनि अनुगमन गरिने बताउनुभयो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…