Pairabi logo

भदौ ०७, २०८३, आइतबार                    

शिक्षामा पुरुषलाई उछिन्दै महिला

डेक्स

डेक्स

शिक्षामा पुरुषलाई उछिन्दै महिला
ADVERTISEMENT

अनोज थारु । बर्दिया 
बर्दियाको बाँसगढीमा शिक्षा लिने महीलाहरुको संख्या बढदै गएको छ । बाँसगढीका दुइ क्याम्पस बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुको ५ बर्षको तथ्यांकले यो कुरा प्रमाणित गरेको छ । अहिले बर्दियाको बाँसगढी बहुमुखी क्याम्पसमा २६५ बिद्यार्थी छन् ।

जस मध्ये २०४ जना छात्रा छन् । जुन कुल बिद्यार्थी संख्याको ७७ प्रतिसत हो । गत ५ बर्ष पहीले ६४ प्रतिसत रहेको छात्राहरुको संख्या अहीले ७७ प्रतिसत पुगेको छ । बर्दियाको बाँसगढीमा २०६५ सालमा बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पस गरी दुई वटा क्याम्पसको स्थापना भयो । स्थापनाकालमा छात्राहरुलाई क्याम्पसमा कसरी ल्याउने भन्ने चिन्ता हुन्थ्यो बाँसगढी बहुमुखी क्याम्पसका प्रमुख ईश्वरी प्रसाद रिजालले बिगत उप्काउनु भयो ।

अझ एउटै नगरमा दुईवटा क्याम्पस एकैसाथ सन्चालन हुदा कतै क्याम्पसमा बिद्यार्थी भर्ना भएनन् भने कसरी सन्चालन गर्ने ? भन्ने चिन्ताले उनी रातदिन सोँच्ने गर्थे । यही सोँचले उनी सबै सरोकारवाला राजनितिक दल, शिक्षक, अभिभावक, वुद्धिजिवीहरुसंग छलफल गर्दै गाँउगाँउ टोलटोल सम्म भर्ना अभियान चलाए । पहीलो बर्ष ६० जना बिद्यार्थी हुँदा पुरुषहरुको संख्या बढी थियो । यसको निरन्तरता करीब ४ बर्ष सम्म रह्यो तर ५ बर्ष देखी पुरुषहरुको संख्या निरन्तर घटीरहेको बताउनुहुन्छ क्याम्पस प्रमुख रीजाल । पहीले महीलाहरुको संख्या कसरी बढाउने चिन्ता थियो भने अहीले पुरुष बिद्यार्थीहरुको संख्या कसरी बढाउने चिन्ता रहेको क्याम्पस इश्वरी रीजालको । 

अहिले बाँसगढी बहुमुखी क्याम्पसमा २६५ बिद्यार्थी छन् । जस मध्ये २०४ जना छात्रा छन् । जुन कुल बिद्यार्थी संख्याको ७७ प्रतिसत हो । ५ बर्ष पहीले ५०।५० प्रतिसत छात्र छात्राको संख्या थियो । त्यसपछी छात्राहरुको संख्या ६४, ७० हुँदै अहीले ७७ प्रतिसत पुगेको छ । त्यस्तै बर्दिया बहुमुखी क्याम्पसको तथ्याङकमा पनि छात्र भन्दा छात्राको संख्या बढ्दै गएको देख्न सकिन्छ ।

अहिले बर्दिया बहुमुखी क्याम्पसमा ३२ बिद्यार्थी नयाँ भर्ना भएका छन् । जसमध्ये २३ जना छात्रा छन् । जुन कुल बिद्यार्थी संख्याको ७१.८ प्रतिशत हो । गत ५ बर्ष पहीले ६२.२९ प्रतिसत रहेको छात्राहरुको संख्या अहीले ७१.८ प्रतिसत पुगेको छ । यो संख्या प्रत्येक बर्ष बढदैगैरहेको छ । शिक्षामा महीलाहरुको संख्या बढदै जानु खुशीको कुरा हो । तर मानिसको जिवन परिबर्तन गर्ने शिक्षा जस्तो सम्बेदनशिल बिषयमा पुरुषहरुको संख्या घटदै जानु पनि चिन्ताको बिषय हो ।

छोराहरु शहर पढन गएको र छोरीहरु गाउँकै कलेजमा पढने गरेकोले केटाहरुको संख्या घटेको हो की ? छोराहरु बाहीर काम गर्न गएको र छोरीहरु गाउँमै पढीरहेको हो की ? या छोराहरु बरालीएको र छोरीहरु अनुसाशित भएर पढेका होलान की यी बिभिन्न कारण खोज्न हामीले क्याम्पस देखी २ किलोमिटरको दुरीमा रहेको बर्दियाको बाँसगढी नगरपालिका ४ लक्ष्मणपुर गाँउलाइ हेर्यौं । 

लक्ष्मणपुर गाउँको तथ्याङकलाइ हेर्दा बाहिर पढ्न जानेभन्दा पनि पढाई छोडेर बिदेश काम गर्न जाने केटाहरुको संख्या बढी देखियो । एक सय घरधुरी रहेको लक्ष्मणपुर गाँउमा थारु र गैर थारुहरुको मिश्रीत बसोबास रहेको छ । यहाँ उच्च शिक्षा अध्ययन गर्ने उमेरका ५८ केटा र ३२ केटी गरी ९० जना छन् । ५८ केटा मध्ये ३० जनाले प्लस टु र उच्च शिक्षा पढीरहेका भने २८ जना पढाइ छाडेर बैदेशीक रोजगारीमा गैसकेका छन् । तर केटी ३२ मध्ये २२ जनाले प्लस टु र उच्च शिक्षालाइ निरन्तरता दिएका छन् ।

१० जना स्थानीय बजारमा रोजगारी गरीरहेका छन् । यो तथ्याङकलाइ हेर्दा ३४ प्रतिशत छात्राको संख्या पढाई लेखाईमा वृद्धि भएको देखाउछ । ४८.२७ प्रतिशत केटाहरु पढाइ छाडेर रोजगारीका लागि गाउँ बाहीर गएका छन् ।  बर्दिया लक्ष्मणपुर गाँउको यो उदाहरणले केटाहरु गाउँ छाडेर रोजगारीमा गएको वा पढाइ छाडेर घरमै बसीरहेको अवस्था देखाउँछ ।

गाउँका केटाहरुले पढाइ छोडनुको कारण बारे गाउँका बुद्धीजीवी तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय लक्ष्मणपुरका शिक्षक फग्गुव थारुको भनाइ अनुसार यसमा दुइटा कारण छ । प्रमुख कुरा त गरीबी हो । गरीबीका कारण रोजगारीका लागि घर छोडनु पर्ने अवस्था आयो भने त्यो काममा पुरुषहरु नै जानु पर्छ, छोरीलाइ घर बाहीर रोजगारीमा पठाउने खासै चलन छैन हाम्रो समाजमा ।

अर्को कुरा हाम्रा युवाहरुसंग कुनै सपना नै छैन । पढेर के गर्ने भन्ने योजना नै छैन । पढने भनेको जागीर खाने नै हो भन्ने सोचाइ छ । पढेर पनि जागीर पाइँदैन हाम्रो सोर्स फोर्स केही छैन कस्ले मिलाइ दिन्छ जागीर भन्ने सोंचका कारण केटाहरुमा पढाइ प्रति खासै चासो हुँदैन । तर केटीहरु अर्काको घर जाने जात बिहे नहुँदा सम्म पढाम नत भन्ने सोचाइले गर्दा केटीहरुको संख्या बढेको हो । 

ग्रामिण क्षेत्रमा खेती किसान गर्ने मध्यम बर्गिय मानिसहरु बसोबास गर्ने गर्दछन् । घर नजिकैको क्याम्पसमा छात्राको संख्या बढ्नु स्वभाबिकै मान्नुहुन्छ बाँसगढी ३ लखना गाँउकी माया थारु । बाँसगढी बहुमुखी क्याम्पसमा स्नातक दोश्रो बर्षमा म्यानेजमेन्ट अध्ययन गर्दैगरेकी मायाँको भनाइमा अझै पनि हाम्रो सामाजमा छोरालाई जति स्वतन्त्रता छोरीलाई छैन । हाम्रो अभिभावकहरुले छोरालाई बाहिर पढ्न पठाउँछन् तर हामीलाई जति सक्यो घरबाटै पढाउने चाहानाले यहाँ छात्राको सख्या बढ्ने गरेको उहाँको भनाइछ ।

त्यस्तै बाँसगढी ५ हस्नापुरकी मञ्जु परियार बिवाह पछी पनि पढाइलाइ निरन्तरता दिइरहेकी छिन । उनको भनाइ अनुसार बिबाह पछी पढन बाहीर जान पाइएन तर यहीं गाउँमै बसेर घरको काम पनि भ्याएर पढदै छु । म जस्ता धेरै गृहीणीहरुले पढनु हुन्छ त्यसैले हाम्रो कलेजमा केटीहरुको संख्या बढेको हो । 

बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले अहिले सरकारी बिद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार आएको बताएका छन् । नेपाल सरकारले शिक्षामा देखिएका बिभिन्न खाले कमीकम्जोरीलाई सुधार गर्दै अगाडी बढेको समेत उहाँको भनाइ छ । पहिला छोरालाई बिद्यालय पढाउने र छोरीलाई नपढाउने जुन अभिभावकहरुमा एउटा टे«न थियो त्यो अहिले पुर्ण रुपमा हटिसकेको उहाँको दाबी छ ।

अहिले बिपन्न, गरीव, द्धन्दपिडित र दलित परिवारका बालबालिकाहरुलाई छात्रबृद्धिको ब्यवस्था गर्दै, बिशेषगरी छात्रा बिद्यार्थीहरुलाई लक्षितगरी निःशुल्क सेनेटरी प्याड प्रत्येक सरकारी बिद्यालयहरुमा बितरण गरेपछि छात्रा बिद्यार्थीहरुको पढ्ने संख्यामा बृद्धि भएको शिक्षा प्रमुख रेग्मीको जीकीर छ । रेग्मीले गत बर्ष बाँसगढी नगरभित्रका १० कक्षामा ११ सय १५ जना बिद्यार्थी मध्ये ५९३ जना छात्रा र ५२२ जना छात्र अध्ययन गरेको र यो बर्ष १२ कक्षामा ४५४ छात्रा र ३१० छात्र गरेर ७६४ जना बिद्यार्थी संख्या रहेको बताए ।

यसरी हेर्दा बिद्यायलहरुमा पनि छात्राको संख्या बढी रहेको छ । गरीव बिपन्न, दलितहरुको छोराछोरीहरु बिद्यालय आउन पाएको कारण उच्च शिक्षा लिनेमा छात्राको संख्या बढी रहेको बाँसगढी शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनप्रसाद रेग्मीले बताउनुभयो । यतिमात्रै नभएर बाँसगढी नगरपालिका मै कृषि, पशु, आईती र अटो मोबाईल जस्ता प्राबिधिक धारमा पठन पाठन सुरु भएको २।३ बर्ष भए पनि बिद्यार्थीहरुको आर्कषण बढ्न नसकेको उनले बताए ।

अहिले अभिभावक र बिद्यार्थीहरुको ध्यान केवल जाँच पास कसरी गर्ने र सठिफिकेट प्राप्त गर्ने तिर मात्रै रहेको उनले बताए । उनी भन्छन्, भविष्यमा के कुराको माग हुनसक्छ, म के बिषयमा पढेभने रोजगार पाउन सक्छु र आफ्नो जिवनलाई उन्नत बनाउन सक्छु भन्ने तिर बिद्यार्थीहरुको फोकस छैन बस सठिफिकेट कसरी प्राप्त गर्नेतिर मात्रै रहेको शिक्षा प्रमुख मन प्रसाद रेग्मीले बताए । अहिले बिज्ञान, अंग्रेजी, गणितको शिक्षक पाइरहेको छैन ।

हाम्रै बाँसगढीमा पनि शिक्षक आभावले ७ पटक सम्म सूचना निकाल्यौँ तर शिक्षक बन्न योग्य मान्छे नपाएको उनले भने । अहिले समयको माग अनुसार नपढेको कारण हातमा सठिफिकेट लिएर पनि जागिर नपाएको र अर्को कुरा पढेलेखेको मान्छेले गाई बस्तुको गोवर सोर्नु हुदैन, खेतिपाती गर्नु हुदैन जस्ता सोचाईले गर्दा हामी नेपाली पछि परेको हो । यदि यही ठाँउमा प्राबिधिक शिक्षालाई जोड दिन सकियो र रोजगारीको सृर्जना गर्न सकियो भने यो समस्या कम भएर जाने बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीको भनाई छ ।    


 बर्दिया बाँसगढी बहुमुखी क्याम्पसको छात्र छात्रा संख्या 

त्यस्तै बर्दिया बहुमुखी क्याम्पसको तथ्याङकमा पनि छात्र भन्दा छात्राको संख्या बढ्दै गएको देख्न सकिन्छ । अहिले बर्दिया बहुमुखी क्याम्पसमा ३२ बिद्यार्थी नयाँ भर्ना भएका छन् । जसमध्ये २३ जना छात्रा छन् । जुन कुल बिद्यार्थी संख्याको ७१.८ प्रतिशत हो । गत ५ बर्ष पहीले ६२.२९ प्रतिसत रहेको छात्राहरुको संख्या अहीले ७१.८ प्रतिसत पुगेको छ । 

 

बर्दिया बहुमुखी क्याम्पसको बिगत ५ बर्षको छात्रछात्राहरुको संख्या 

बिद्यालय स्तरमा होस वा उच्च शिक्षा तर्फ महीलाहरुको संख्या बढनु सकारात्मक कुरा हो । तर शिक्षा लिने बिषयमा पुरुषहरुको संख्या दिन प्रतिदिन घटदै जानु राम्रो संकेत पक्कै होइन । महीला पुरुषलाइ एक रथका दुइ पांग्रा भनिन्छ । के रथका दुइ मध्ये एउटा पांग्रा कमजोर भयो भने नेपाली समाजको रथ सजिलै गुडन सक्ला ? बाँसगढी नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष दहवा थारु समाज चलाउन ज्यादै गाह्रो भैसकेको बताउनु हुन्छ ।

अब केटाहरुको त पढाइ प्रति ध्यानै जान्न । दिनभरी घुम्यो केरेम्बोर्ड तास खेल्नेमा व्यस्त हुन्छन् । पढनु पर्छ भन्यो भने पढेर के गर्ने जागीर पाइन्न भन्छन् । अब आउने दीन कसरी चल्ने हो दैब भरोसा भैसक्यो ।

बास्तवमा छात्रहरुलाई पढाई प्रति रुचि नहुनुको कारण के हो ? भन्ने प्रश्नमा बाँसगढी ४ लक्ष्मणपुर गाँउका बुद्धिजिवी तथा नेरामाबि लक्ष्मणपुरका शिक्षक फग्गुवा थारुले ग्रामिण क्षेत्रमा सरकारको न्युन उपस्थितिको कारण रहेको बताएका छन् । उनका अनुसार ग्रामिण क्षेत्रका मानिसहरुको आर्थिक अवस्था कम्जोर भएकोले कमाउने सिलसिलामा छात्रहरु उच्च शिक्षाको पढाई छोड्ने गरेका छन् । भने कोई स्वदेशमै केही गरौँ भन्ने ब्यक्तिहरु छन् । तर उनीहरु समयमा मल खाद, बिउ बिजन, सिचाई सुबिधा र उत्पादन भएको बस्तुलाई बजारीकरणमा राज्यको सपोट नपाएर सुरु गरेको ब्यवसाय समेत छोड्नु परेको उनले बताए ।

लक्ष्मणपुर गाँउका बुद्धिजिवी तथा नेरामाबिका शिक्षक फग्गुवा थारुले अहिले प्रत्येक गाँउमा बिदेशबाट फर्केका र पढाई छोडी बसेका बेरोजगार युवाहरु खाली दिनभर जुवा ताँस र क्यारेमबोर्ड खेलेर दिन बिताउने गरेको बताए । उनले अहिलेका युवाहरुमा कुनै भिजन नै नभएको बताएका छन् । उनी भन्छन् अहिलेका युवाहरु साँझ बिहान एक÷दुई भारी घाँस काट्ने त्यसपछि खाना खाएर दिनभरी खाली बसेर हुने नहुने गफ लगाउने, जुवा ताँस, क्यारेमबोर्ड खेल्ने गरेका छन् ।

उनीहरुमा जिवनप्रति, परिवारप्रति र समाजप्रति कुनै चिन्ता नै छैन । अहिलेका युवाहरुलाई सम्झाउन खोज्यो भने उल्टै तेरो सम्पति खाइदिएको छु भनेर जवाफ दिने गर्छन् । अहिले त उनीहरुलाई जुवा ताँस, क्यारेमबोर्ड खेलेको देखे पनि नदेखे झै गर्दै आफ्नो बाटो लाग्ने गरेको फग्गुवा थारुले बताए । समुदायका देखिएको यस्तो खाले समस्यालाई मध्यनजर गर्दै सरकारले बिभिन्न खाले सचेतनामुलक तथा सिपमुलक कार्यक्रम गरेर उनीहरुलाई सहि बाटो देखाउन आवश्यक रहेको फग्गुवा थारुको भनाई छ । 
 

ताजा

सबै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

लोकप्रिय

सबै

यो पनि

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

बर्दिया, साउन २४ । बर्दियाको बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्याप…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

बर्दिया। बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया…