Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन

डेक्स

डेक्स

नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन
ADVERTISEMENT

बाँकेको राप्तीसोनारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्स सेवाको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले मंगलबार एक कार्यक्रमका विच उद्घाटन गनुृभयो । 

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको भन्दै गाउउँपालिकाका ९ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शुन्यमा झारिने बताउनुभयो । 

‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनको नीति लिएको छ,ुउहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षभित्र एक(वडा एक वर्थिङ सेन्टर संचालन गर्ने हाम्रो उद्देश्य छ । त्यसलाई पूरा गरिन्छ ।’

कमैयाडाडामा वर्थिङ सेन्टर संचालनमा आएपछि त्यस क्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगन्ज आउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष पौडेलको भनाइ छ ।  गाउँपालिकाले वर्थिङ सेन्टरमा थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता गर्नुभयो । 

यो सँगै पालिकाका ७ स्थानमा वर्थिङ सेन्टर संचालनमा आएका छन् ।  कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै वर्थिङ सेन्टर संचालनमा आइसकेका छन् । अव शम्शेरगन्जमा पनि वर्थिङ सेन्टर संचालनमा ल्याइने पालिका अध्यक्ष पौडेलको भनाइ छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडा अध्यक्षहरु शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाह लगायतले वर्थिङ सेन्टर संचालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । 

रु २६ लाख २४ हजार ९ सय ५८ को लागतमा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीहरुलाई सेवा लिन सहज भएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको २४ लाख र पालिका र वडा कार्यालयको करिव एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि संचालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । 

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाईकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी छन् । 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…