Pairabi logo

माघ ०८, २०८२, बुधबार                    

चलचित्र ‘परदेशी २ रिलिज हुदै

डेक्स

डेक्स

चलचित्र ‘परदेशी २ रिलिज हुदै
ADVERTISEMENT

यही असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचारप्रसारमा निस्केको ‘परदेशी २’ को टिमले आज नेपालगञ्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएको छ ।

चितवन हुँदै नेपालगञ्ज आइपुगेको ‘परदेशी २’ को टिमले नेपालगञ्जका विभिन्न विद्यालयहरुमा युवाहरुसँग भेट गरेपछि आज पत्रकारहरुसँग साक्षात्कार गर्यो । 

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको समन्वयमा आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा ‘परदेशी २’को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको उपस्थिति रहेको थियो । 

साक्षात्कार कार्र्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले बाँकेमा आफ्नो धेरै चलचित्रहरु छायांकन भएको बताउँदै भन्नुभयो  ‘बाँकेमा नेपाली चलचित्रलाई माया गर्ने धेरै व्यक्तिहरु हुनुहुन्छ । बाँके मेरो दोस्रो घर हो । यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’

कार्यक्रममा निर्देशक रायमाझीले ‘परदेशी २’ले विदेशिने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्था लगायतका विषयलाई समेटेको बताउनुभयो । उहाँले ‘परेदशी २’को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले चलचित्रमा कथाको माग अनुसार सक्षम कलाकारहरुलाई समेटिएको बताउनुभयो । 

यस्तै अभिनेता सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताउनुभयो । उहाँले ‘परदेशी २’ मा नेपाली दर्शकको चाहनालाई पूरा गर्ने गरी निर्माण गरिएको बताउनुभयो । 


 

ताजा

सबै

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…