Pairabi logo

असोज २५, २०८३, आइतबार                    

चलचित्र ‘परदेशी २ रिलिज हुदै

डेक्स

डेक्स

चलचित्र ‘परदेशी २ रिलिज हुदै
ADVERTISEMENT

यही असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचारप्रसारमा निस्केको ‘परदेशी २’ को टिमले आज नेपालगञ्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएको छ ।

चितवन हुँदै नेपालगञ्ज आइपुगेको ‘परदेशी २’ को टिमले नेपालगञ्जका विभिन्न विद्यालयहरुमा युवाहरुसँग भेट गरेपछि आज पत्रकारहरुसँग साक्षात्कार गर्यो । 

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको समन्वयमा आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा ‘परदेशी २’को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको उपस्थिति रहेको थियो । 

साक्षात्कार कार्र्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले बाँकेमा आफ्नो धेरै चलचित्रहरु छायांकन भएको बताउँदै भन्नुभयो  ‘बाँकेमा नेपाली चलचित्रलाई माया गर्ने धेरै व्यक्तिहरु हुनुहुन्छ । बाँके मेरो दोस्रो घर हो । यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’

कार्यक्रममा निर्देशक रायमाझीले ‘परदेशी २’ले विदेशिने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्था लगायतका विषयलाई समेटेको बताउनुभयो । उहाँले ‘परेदशी २’को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले चलचित्रमा कथाको माग अनुसार सक्षम कलाकारहरुलाई समेटिएको बताउनुभयो । 

यस्तै अभिनेता सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताउनुभयो । उहाँले ‘परदेशी २’ मा नेपाली दर्शकको चाहनालाई पूरा गर्ने गरी निर्माण गरिएको बताउनुभयो । 


 

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…