Pairabi logo

असोज २६, २०८३, सोमबार                    

संबिधान दिवसमा बृक्षारोपण

डेक्स

डेक्स

संबिधान दिवसमा बृक्षारोपण
ADVERTISEMENT

नेपालगन्ज ३, असोज । विभिन्न कार्यक्रम गरि बाँकेमा पनि संविधान दिवस मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा आज दिवसको अवसरमा बृक्षारोपण, सचेतना कार्यक्रम गरेको छ । 

नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको प्राङ्गणमा आज विहान विभिन्न जातका करिब दुई दर्जन विरुवाहरु रोपिएको केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

नेपालगन्जका मेयर प्रशान्त विष्टले बृक्षारोपणको शुभारम्भ गर्दै नेपालको ऐतिहासिक संविधानलाई सबै निकायले पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै सबैलाई समान रुपको व्यवहार गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको समाबेशीमुलक संबिधानले सबैको हक अधिकारलाई ग्यारेन्टी गरेको हुनले स्थानीय सरकारले त्यसको कार्यान्वयन विशेष ध्यान दिने प्रतिबद्धता समेत गर्नुभयो । 

त्यस अवसरमा नेपालगन्जका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई संविधान र कानूनका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष तथा अभियन्ता डा. विनोद कर्ण, नागरिक अभियन्ताहरु शुरेस श्रेष्ठ, श्याम विष्ट, लोकबहादुर शाह, विजयरत्न श्रेष्ठ, शकिल अहमद अन्सारी, उत्तम श्रेष्ठ, रविन्द्रकुमार ज्ञवाली, घनश्याम घर्ति, अन्नतनाथ भट्टराई, जेन्टिल गौतम, राजकुमार केवट, विद्यार्थीहरु अभिजित तिवारी सत्यजित तिवारी, नैतिक गुप्ता, श्लोक श्रेष्ठले संविधानको कार्यानवयनको अवस्था समस्या लगायतका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा संस्थाले डुडुवा गाउँपालिकाको सहयोगमा प्रकाशन गरेको अवधी भाषाको संविधान निःशुल्क रुपमा वितरण गरेको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…