Pairabi logo

पुस २७, २०८२, आइतबार                    

अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित

डेक्स

डेक्स

अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित
ADVERTISEMENT

नेपालगन्ज १ असोज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । 

संघका केन्द्रीय सचिव समेत रहनुभएकी सांसद तिवारीले बाँके जिल्लामा रहेर विगत लामो समयदेखि अवधी भाषा, कला, संस्कृति, अभियन्ताको रुपमा विशेष योगदान पुरयाएको र प्रतिनिधी सभा सदस्य जस्तो गरिमामय पदमा अवधी भाषी महिलाको हैसियतले पुगेको भन्दै विशेष सम्मान गरिएको हो । 

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले सांसद तिवारीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।

सम्मान ग्रहण गर्दै सांसद तिवारीले मेरो जन्म र कर्म अवध क्षेत्रमा भएकोले मेरो पहिलो मातृ भाषा नै अवधी भएको भन्दै अवधी भाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नमा मेरो पहिलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले अवधी समुदायमा तमामन समस्याहरु रहेकाले उक्त समुदायका सवाललाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउन आग्रह गर्दै ति सवाललाई नीतिगत रुपमा सम्बोधनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद तिवारीले अवधी भाषी महिला पत्रकारहरुको न्युन सहभागिता रहेको भन्दै गाउँ समुदायबाट अवधी किशोरीलाई खोजी गरि पत्रकारिता पेशामा सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजको नेतृत्व गर्नका लागि महिला सक्षम छन भन्ने कुरा देखाउन आग्रह गर्दै यो पर्वले महिलाको आत्मबललाई अझै बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले अवधी भाषा, कला संस्कृतिलाई पत्रकारिताको माध्यमले संरक्षण सम्बद्र्धनमा जोड दिने उद्देश्यले स्थापना भएको यस संघले त्यस अनुरुप ने कार्य गरेको बताउनुभयो ।

उहाँले अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि र महिला पत्रकारको सहभागिता बढाउनका लागि पहल गर्ने भन्दै सञ्चार माध्यमहरुले अवधी कन्टेन्टलाई पनि प्राथमिकतामा राख्नु माग गर्नुभयो । 

सम्मान कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्मा, जिल्ला शाखा अध्यक्ष प्रहलाद विश्वकर्मा, उपाध्यक्ष सुनिता बर्मा, पुर्व अध्यक्ष चन्देश्वरराज त्रिपाठी, सूचना अभियन्ता रविन्द्रकुमार ज्ञवाली, नेपाल प्रेस युनियन बाँके सचिव भिष्म लोध लगायतले बोल्नु भएको थियो । 

त्यस अवसरमा सहभागी अवधी भाषी महिला पत्रकारहरुबिच कजरी तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।

महिला पत्रकारहरुले नाँचगान गरि रमाइलो समेत गरेका थिए ।

कार्यक्रममा सम्पुर्ण अवधी भाषी महिला पत्रकार, केन्द्रीय र जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…