Pairabi logo

असोज २८, २०८३, बुधबार                    

अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित

डेक्स

डेक्स

अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित
ADVERTISEMENT

नेपालगन्ज १ असोज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । 

संघका केन्द्रीय सचिव समेत रहनुभएकी सांसद तिवारीले बाँके जिल्लामा रहेर विगत लामो समयदेखि अवधी भाषा, कला, संस्कृति, अभियन्ताको रुपमा विशेष योगदान पुरयाएको र प्रतिनिधी सभा सदस्य जस्तो गरिमामय पदमा अवधी भाषी महिलाको हैसियतले पुगेको भन्दै विशेष सम्मान गरिएको हो । 

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले सांसद तिवारीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।

सम्मान ग्रहण गर्दै सांसद तिवारीले मेरो जन्म र कर्म अवध क्षेत्रमा भएकोले मेरो पहिलो मातृ भाषा नै अवधी भएको भन्दै अवधी भाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नमा मेरो पहिलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले अवधी समुदायमा तमामन समस्याहरु रहेकाले उक्त समुदायका सवाललाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउन आग्रह गर्दै ति सवाललाई नीतिगत रुपमा सम्बोधनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद तिवारीले अवधी भाषी महिला पत्रकारहरुको न्युन सहभागिता रहेको भन्दै गाउँ समुदायबाट अवधी किशोरीलाई खोजी गरि पत्रकारिता पेशामा सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजको नेतृत्व गर्नका लागि महिला सक्षम छन भन्ने कुरा देखाउन आग्रह गर्दै यो पर्वले महिलाको आत्मबललाई अझै बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले अवधी भाषा, कला संस्कृतिलाई पत्रकारिताको माध्यमले संरक्षण सम्बद्र्धनमा जोड दिने उद्देश्यले स्थापना भएको यस संघले त्यस अनुरुप ने कार्य गरेको बताउनुभयो ।

उहाँले अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि र महिला पत्रकारको सहभागिता बढाउनका लागि पहल गर्ने भन्दै सञ्चार माध्यमहरुले अवधी कन्टेन्टलाई पनि प्राथमिकतामा राख्नु माग गर्नुभयो । 

सम्मान कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्मा, जिल्ला शाखा अध्यक्ष प्रहलाद विश्वकर्मा, उपाध्यक्ष सुनिता बर्मा, पुर्व अध्यक्ष चन्देश्वरराज त्रिपाठी, सूचना अभियन्ता रविन्द्रकुमार ज्ञवाली, नेपाल प्रेस युनियन बाँके सचिव भिष्म लोध लगायतले बोल्नु भएको थियो । 

त्यस अवसरमा सहभागी अवधी भाषी महिला पत्रकारहरुबिच कजरी तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।

महिला पत्रकारहरुले नाँचगान गरि रमाइलो समेत गरेका थिए ।

कार्यक्रममा सम्पुर्ण अवधी भाषी महिला पत्रकार, केन्द्रीय र जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


ताजा

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…